२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदाहाल सरकारका ६ महिनाः यस्ता छन् स्वास्थ्यका प्रमुख चार प्रमुख उपलब्धि

दाहाल सरकारका ६ महिनाः यस्ता छन् स्वास्थ्यका प्रमुख चार प्रमुख उपलब्धि

महिलाको पाठेघरको क्यान्सरविरुद्धको २ हजार भायल एचपिभी खोप प्राप्त हुने प्रक्रिया


काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सरकारका ६ महिनाका उपलब्धिहरु सार्वजनिक गरेका छन् । बिहीबार सार्वजनिक गरिएका सरकारका ६ महिनाका उपलब्धिहरुमा स्वास्थ्य क्षेत्रका उपलब्धिलाई चार वटा बुँदामा समेटिएको छ ।

१० असारमा प्रधानमन्त्री दाहाल नेतृत्वको सरकार बनेको छ महिना पुगेका छ । ६ महिना पूरा भएपछि सार्वजनिक सरकारका उपलब्धिहरुमा स्वास्थ्यतर्फको पहिलो उपलब्धिका रुपमा नीति निर्माण कार्यन्वयनलाई ल्याइनुलाई उल्लेख गरेको छ । जसमा नेपाल स्वास्थ्य क्षेत्र रणनीति योजना (२०७९/८०—२०८७/८८) तथा राष्ट्रिय स्वास्थ्य वित्त रणनीति (२०८०—२०९०) स्वीकृत गरी कार्यन्वयनमा ल्याइएको उल्लेख छ ।

यस्तै, सरकारले पाठेघरको मुखको क्यान्सरको स्क्रीनिङ संचालन निर्देशिका तयार पारेको विषयलाई पनि आफ्नो अर्को उपलब्धिको रुपमा उल्लेख गरेको छ । साथै, २ हजार भायल एचपिभी खोप प्राप्त हुने प्रक्रिया रहेको र वि.सं. २०८० जेठसम्म १ लाख २९ हजार ३५५ जनाको निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गरिएको उल्लेख छ ।

वीर अस्पतालमा ७ सय जनरल वेड सर्वधारणलाई निःशुल्क उपलब्ध गराइएको, सबै सरकारी, सामुदायिक अस्पताललाई कुल शैय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचारका लागि प्रदान गर्नुपर्ने व्यवस्था कार्यन्वयनमा ल्याउन निर्देशन दिइएको कुरालाई दाहाल सरकारले स्वास्थ्यको क्षेत्रको अर्को उपलब्धिका रुपमा अगाडि सारेका छन् ।

आँखाको उपचार क्षेत्रमा विशिष्ट योगदान पु¥याउने डा. सन्दुक रुइतलाई बहराइन सरकारबाट प्रदा नगरिएको आईएसए अवार्ड सर्विस टु ह्म्युम्यानिटी ग्रहण गर्न स्वीकृती र सो अवार्डसाथ प्राप्त हुने नगद रकममा लाग्ने कर छुट दिइएकोलाई सरकाले स्वास्थ्य क्षेत्रको आफ्नो उपलब्धि भनेको छ ।

महिला तथा जेष्ठ नागरिक मन्त्रालयतर्फको उपलब्धिमा दुर्गममा ज्यान जोखिममा परेका ६८ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धारलाई उल्लेख गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ