२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारछात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन वापत ५७ करोड ९१ लाख बढी भुक्तानी गर्नुपर्ने

छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन वापत ५७ करोड ९१ लाख बढी भुक्तानी गर्नुपर्ने


काठमाडौं—सरकारले एक वर्षमा छात्रवृत्तिअन्र्तगत पढेका चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गरेवापत ५७ करोड ९१ लाखभन्दा बढी  रुपैयाँ तलब भुक्तानी गर्नुपर्ने भएको छ । सो रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई चरण निकासा दिइसकेको छ भने तेस्रो तथा अन्तिम निकासाको तयारीमा छ ।

स्वास्थ्य मन्त्रालयले छात्रवृत्ति करारमा खटाएका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि ४६ करोड ३३ लाख ५९ हजार रुपैयाँ निकासा दिइसकेको छ भने थप २५ करोड ७० लाख ८० हजार रुपैयाँ निकासाका लागि अर्थ मन्त्रालय पठाएको छ ।

मन्त्रालयले पहिलो चरणमा २५ करोड ५ लाख १५ हजार रुपैयाँ निकासा गरेको थियो । दोस्रो चरणमा थप २१ करोड २८ लाख ४४ हजार रुपैयाँ छात्रवृत्ति करारमा खटिएका चिकित्सक नर्स र स्वास्थ्यकर्मीका लागि निकासा गरेको मन्त्रालय स्रोतले जनाएको छ ।

पहिलो चरणमा केन्द्रीय अस्पतालमा खटिएका छात्रवृत्ति करारका चिकित्सकलाई ५ करोड ८२ लाख १४ हजार रुपैयाँ, प्रदेशतर्फ १९ करोड १ हजार १ लाख रुपैयाँ र स्थानीय तहमा २२ लाख रुपैयाँ निकासा गरेको थियो ।

दोस्रो चरणमा संघीय अस्पतालमा खटिएकाको तलब भत्ताका लागि ७ करोड ९१ हजार रुपैयाँ, प्रदेशतर्फ खटिएकाका लागि १३ करोड ११ लाख ८९ हजार रुपैयाँ र स्थानीय तहमा खटिएका छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि १ करोड १५ लाख ६४ हजार रुपैयाँ निकासा गरिएको थियो ।

पहिलो र दोस्रो किस्ताबाट नपुगेको थप १२ करोड ५८ लाख १० हजार रुपैयाँ निकासा सहमतिका लागि अर्थमा प्रस्ताव पठाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जसमा संघीय अस्पतालका लागि ८५ लाख ६१ हजार रुपैयाँ, प्रदेशका लागि ६ करोड ७८ लाख ३ हजार रुपैयाँ, स्थानीय तहका लागि ३ करोड २८ लाख ८१ हजार रुपैयाँ र स्वास्थ्य सेवा विभागअन्तर्गत ६० लाख रुपैयाँ, देवदह नगरपालिकालाई ४ लाख १५ हजार रुपैयाँ र केन्द्रीय कारागार अस्पतालका लागि १ लाख ५० हजार निकासा स्वीकृतिका लागि अर्थसँग माग गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ