२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारी सर्वेक्षणले भन्छ: अनिच्छित बसेकाे गर्भ मध्ये महिलाकाे इच्छा विपरित ८०% शिशु जन्मिन्छन्

सरकारी सर्वेक्षणले भन्छ: अनिच्छित बसेकाे गर्भ मध्ये महिलाकाे इच्छा विपरित ८०% शिशु जन्मिन्छन्


काठमाण्डौं – महिलाले बच्चा जन्माउन नचाहँदा नचाहँदै पनि गर्भधारण भएपछि भने वच्चा जन्माउन धेरै महिलाहरु बाध्यात्मक अवस्थामा पुग्ने गरेको एक अध्ययनले देखाएको छ ।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणले १५ देखि ४९ वर्षका महिलाहरुमा अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानमा स्वेच्छा नहुदा नहुदै पनि गर्भ बसेको मध्ये जीवित शिशु जन्माउने महिलाहरु ८० प्रतिशत रहेको देखाएको छ । २० प्रतिशत महिलाहरुको गर्भ खेर गएको देखिएको थियो ।

अध्ययन अनुसार २० प्रतिशत गर्भ खेर जाने महिलाहरुमा ९ प्रतिशत महिलाहरुको गर्भ आफै खेर गएको, १० प्रतिशत महिलाहरुले गर्भपतन गराएको र १ प्रतिशतमा मृत शिशु जन्मेको देखाएको छ ।

अध्ययनले पहिले गर्भपतन गर्ने महिलाहरु २ प्रतिशत थिए भने अहिले स्वेच्छाले गर्भपतन गर्ने महिलाहरु संख्या २९ प्रतिशत रहेको देखाएको छ ।
सोही अध्ययनले १५ देखी १९ वर्ष भित्रका १४ प्रतिशत किशोरी गर्भवती भएको पनि देखाएको छ । अध्ययनको क्रममा १० १४ प्रतिशत मध्ये प्रतिशतले वच्चा जन्माइसकेको, ४ प्रतिशत गर्भावस्थामा रहेको र २ प्रतिशतको गर्भ खेरा गएको उल्लेख छ ।

प्रदेश अनुसार किशोरी अवस्थामा गर्भवती हुने सबैभन्दा बढी कर्णाली प्रदेश २१ प्रतिशत र कम बाग्मती प्रदेशमा ८ प्रतिशत रहेको थियो । शैक्षिक स्तर अनुसार अशिक्षित ३३ प्रतिशत, सामान्य साक्षर २० प्रतिशत र माध्यमिक तह अध्ययन गरेका ८ प्रतिशत किशोरीले गर्भधारण गरेको देखिन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ