२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार८ महिनादेखि अंग प्रत्यारोपण समिति नेतृत्वबिहीन

८ महिनादेखि अंग प्रत्यारोपण समिति नेतृत्वबिहीन


काठमाडौं—अंग प्रत्यारोपणजस्तो संवेदनशील विषयमा काम गर्ने अंग प्रत्यारोपण समिति ८ महिनादेखि नेतृत्वबिहीन रहेको छ । समितिका निवर्तमान अध्यक्ष प्रा.डा. दिव्या सिंह शाहसहित समितिका चार जना सदस्यको पदावधि सकिएपछि नयाँ अध्यक्ष र रिक्त सदस्यहरु नियुक्त हुन सकेका छैनन् ।

२४ कात्तिक २०७९ मा चार जनाको चार वर्षे कार्यकाल सकिएपछि रिक्त रहेको छ । नेपाल सरकारले मनोनित गर्ने चार पद खाली हुँदा अंग प्रत्यारोपणका लागि अनुमति लिने तयारीमा रहेका चिकित्सकहरुको निवेदनमाथि निर्णय हुन सकेको छैन भने प्रत्यारोपण सम्बन्धित अन्य कामहरुमा पनि बाधा पुगेको छ ।

डा. शाहसँगै समितिका सदस्यहरु प्रा.डा. पलेशवान जोशी लाखे, प्रा.डा. शंकरमान राई र प्रा.डा. प्रेम ज्ञवालीको कार्यकाल सकिएको हो । उनीहरुको कार्यकाल सकिएपछि एक पटक पनि समितिको बैठक बस्न सकेको छैन ।

समितिमा अंग प्रत्यारोपण लाइसेन्स लागि २२ जना चिकित्सकहरुले आवेदन दिएको समितिको सचिवालयमा रहेको स्वास्थ्य सेवा विभागका कानुन अधिकृत शम्भु निरौलाले जानकारी दिए ।

‘तीन वटा अस्पतालले पनि कलेजो र मिर्गौला प्रत्यारोपणका लागि सम्बन्धन माग गरेका छन्,’ उनले भने, ‘लाइसेन्सका लागि दिनैपिच्छे फोन आउँछ । तर, लामो समयदेखि नेतृत्व र समिति पूर्ण नहुँदा सबै काम रोकिएका छन् ।’

अंग प्रत्यारोपण समितिका पदाधिकारी तथा सदस्यहरुको नियुक्ति न्त्रिपरिषद्को बैठकबाट हुने व्यवस्था छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ