२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामु उपकुलपतिको जिम्मेवारी प्रा. डा. कार्कीलाई

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामु उपकुलपतिको जिम्मेवारी प्रा. डा. कार्कीलाई


धरान—चार महिनादेखि उपकुलपतिबिहिन बनेको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कायममुकायम उपकुलतिमा प्रा. डा. प्रल्हाद कार्की नियुक्त भएका छन् । आइतबार सरकारले प्रतिष्ठान अस्पतालका पूर्व निर्देशक डा. कार्कीलाई सरकारले कामु उपकुपति नियुक्त गरेको हो ।

उपकुलपतिले गर्ने सम्पूर्ण आर्थिक तथा प्रशासननिक काम कारबाही गर्ने गरी कार्कीलाई प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कामु उपकुलपतिको जिम्मेवारी दिएका हुन् । स्थापनाकालदेखि प्रतिष्ठानका कार्यरत डा. कार्कीलाई अर्काे व्यवस्था नभएसम्मका लागि कामु उपकुलपतिको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

प्रतिष्ठानलाई राम्रोसँग बुझेका, कुशल प्रशासकको छवि भएका डा. कार्की प्रतिष्ठानको पहिलो चिकित्सकको रुपमा सन् १९९३ फ्रेवरी २५ तारिखमा नियुक्त भई निरन्तर सेवा गर्दै आएका छन् । १५ वर्षभन्दा लामो सयम मेडिसिन विभागको विभागीय प्रमुखको भूमिका कुशलतापूर्वक सम्हालेका उनी ४ वर्षदेखि कार्डियोजोली विभागको विभागीय प्रमुखको रुपमा काम गर्दै आएका छन् ।

इमान्दार चिकित्सकको छवि बनाएका डा. कार्की यसअघि प्रतिष्ठानको सिनेट सदस्य र कार्यकारिणी समिति सदस्य समेत रहिसकेका छन् ।

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्रोफेसर पदको दुरुपयोग गरेको अभियोगमा गत माघ ९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेसँगै उनी निलम्बनमा छन् । उनको निलम्बनपछि प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा. डा. संजीव शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ