२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतीन महिनादेखि तलब नपाएपछि विपी कोइराला क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित

तीन महिनादेखि तलब नपाएपछि विपी कोइराला क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित


काठमाडौं—तीन महिनादेखिको तलब नपाएपछि चितवनको भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । बुधबार अस्पतालका कर्मचारीहरुले तलब नपाएको भन्दैं दबाब दिन केहीबेर प्रशासनमा घेराउ गरेका छन् ।

अस्पतालका तत्कालीन कार्यकारी निर्देशक डा. डेजकुमार गौतमको कार्यकाल २४ बैशाखमा सकिएको थियो । तर, नयाँ कार्यकारी निर्देशक नियुक्त नहुँदा कर्मचारीले बैशाखदेखि तलब पाएका छैनन् ।

‘तीन—तीन महिना तलब रोकिदा घर व्यवहारमा समेत समस्या भइसक्यो,’ अस्पतालका एक कर्मचारीले भने, ‘फार्मेसीमा औषधि खरिद हुन सकेको छैन । बिरामीलाई पनि उतिकै समस्या छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल रस्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतबीचको टसलका कारण विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा अस्पताल विकास समिति गठन सम्बन्धी फाइल एक महिनादेखि क्याबिनेटमा थन्किएको पाइएको छ । मन्त्री बस्नेतले एक महिनाअघि नै भरतपुर क्यान्सर अस्पताल विकास समिति गठनका लागि ६ सदस्य नियुक्तिको सिफारिससहितको फाइल क्याबिनेटमा पठाएका थिए ।

तर, प्रधानमन्त्री दाहालले कांग्रेसनिकट व्यक्तिहरुलाई मात्रै मन्त्रीले सदस्यमा सिफारिस गरेकोमा असन्तुष्टि जनाउँदैं उक्त फाइल निर्णय नगरेर रोकिदिएका हुन् । जसका कारण अस्पताल विकास समिति गठनमा समस्या भएको छ ।

प्रधानमन्त्री दाहालले आफूले नै स्वास्थ्यको मन्त्रालयसमेत जिम्मेवारी लिएका बेला २० चैतमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा माओवादी निकट विजयराज न्यौपानेलाई नियुक्त गरेका थिए ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (गठन) आदेशमा अस्पताल विकास समितिले अस्पतालको कार्यकारी निर्देशक नियुक्त गर्ने व्यवस्था छ । तर, अस्पताल विकास समितिले पूर्णता नपाउँदा कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीको ‘टसल’का कारण विपी क्यान्सर अस्पताल विकास समिति गठन हुन सकेन


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ