२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २गाउँपालिकाका स्वास्थ्य संयोजकले बढी राजनीति गरेको भन्दैं स्वास्थ्य मन्त्रालय फिर्ता गर्ने निर्णय

गाउँपालिकाका स्वास्थ्य संयोजकले बढी राजनीति गरेको भन्दैं स्वास्थ्य मन्त्रालय फिर्ता गर्ने निर्णय


काठमाडौं—पर्साका धोबीनी गाउँपालिकामा कार्यरत प्रशासन प्रमुखसमेत रहेका स्वास्थ्य संयोजक संजयकुमार यादवलाई कार्यपालिकामा कामभन्दा बढी राजनीतिक गरेको भन्दैं स्वास्थ्य तथा जनसंख्या मन्त्रालय फिर्ता पठाउने निर्णय गरेको पाइएको छ । गाउँपालिका उपाध्यक्ष मंजु देवीको अध्यक्षतामा बसेको गाउँपालिकाको बैठकले यादवलाई संघीय स्वास्थ्य मन्त्रालय फिर्ता गर्ने निर्णय गरेको हो ।

उपाध्यक्ष मंजुसहित ३ जना वडाध्यक्ष, १३ जना सदस्यसहित १७ जनाले हस्ताक्षर गरेर स्वास्थ्य संयोजक यादवलाई गाउँपालिकाबाट फिर्ता गर्ने निर्णय गरेका हुन् । ५ वटा वडा रहेको उक्त गाउँपालिकाका २३ जना कार्यसमिति सदस्य रहेका छन् ।

बहुमत कार्यसमिति सदस्यले यादवलाई बढी राजनीति गरेको र कामकाज सन्तोषजनक नदेखिएर कार्यलयको सेवा प्रवाहमा बाधा आएकाले निजलाई गाउँपालिकाबाट फिर्ता पठाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सर्वसम्मत रुपमा पत्र पठाउने निर्णय गरेको उल्लेख छ ।

धोबीनी गाउँपालिकाका अध्यक्ष मदनप्रसाद चौहानले भने गाउँपालिकामा अल्पमत र बहुमतको कुरा हुने बताए । ‘हटाउन र फर्काउने कुरा हामीहरुले पनि गर्न सक्छौं,’ उनले भने, ‘तर, यो कुरा मलाई थाहा छैन ।’

गाउँपालिकाको कार्यपालिकाका १३ जना सदस्य रहेका छन् । जसमध्ये पालिका प्रमुखसहित ३ जना जसपाबाट र उपाध्यक्षसहित १० जना नेपाली कांग्रेसबाट निर्वाचित छन् ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ