२०८१ असोज २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. गुणनिधी शर्माको स्वास्थ्य सेवा विभागमा सरूवा

डा. गुणनिधी शर्माको स्वास्थ्य सेवा विभागमा सरूवा


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुणनिधी शर्माको सरुवा भएको छ । बुधबार स्वास्थ्य सचिवस्तरीय निर्णयबाट डा. शर्माको सरुवा स्वास्थ्य सेवा विभागमा गरिएको हो ।

१० औं तहका वरिष्ठ स्वास्थ्य प्रशासक डा. शर्मा यसअघि मन्त्रालयको अनुगमन मुल्यांकन शाखा प्रमुख थिए । ‘सचिवस्तरीय निर्णयबाट डा. शर्माको विभागमा सरुवा भएको हो,’ स्वास्थ्य प्रशासनका एक कर्मचारीले भने, ‘कामकाजका लागि उहाँलाई विभागमा खटाइएको हो ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति निर्माणमा डा. शर्माले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । उनी लामो समयदेखि मन्त्रालयको नीति, योजना तथा अनुगमनका काममा सक्रिय रहदैं आएका थिए ।

वि.सं. २०७२ सालमा नवौं तहमा नाम निकालेका उनको सुरुको पोष्टिङमा स्वासथ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभाग भएको थियो । दशौं तहमा बढुवा भएपछि भने उनी एक वर्ष रसुवाको जिल्ला जनस्वास्थ्य प्रमुख भएर काम गरे । त्यसयता उनी आफ्नो विदेश अध्ययनका क्रममा र विभिन्न अन्तर्राष्ट्रिय निकायमा बटुलेको ज्ञानलाई नीति योजना महाशाखामा रहेर देशको नीति निर्माणमा खर्चिरहेका थिए ।

डा. शर्माले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्था (आईओएम)बाट वि.सं. २०६१ सालमा एमबीबीएस उत्तीर्ण गरेका हुन् । उनले सन् २०१२ मा नेदरल्याण्ड्सबाट एमपीएच गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ