२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनर्सिङ लाइसेन्स परीक्षाको प्रश्नपत्र लिक गरेको आरोपमा तीन जना परीक्षार्थी पक्राउ

नर्सिङ लाइसेन्स परीक्षाको प्रश्नपत्र लिक गरेको आरोपमा तीन जना परीक्षार्थी पक्राउ


काठमाडौं—नर्सिङ लाइसेन्स परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा प्रहरीले तीन जना परीक्षार्थीलाई पक्राउ गरेको छ । शनिबार वनस्थलीस्थित सिद्धार्थ बनस्थली इन्स्टिच्युटमा संचालन भएको काउन्सिलको लाइसेन्स परीक्षणमा प्रश्नपत्र लिंक गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सिताराम रिजालले जानकारी दिए ।

नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा सहभागी तीन जना परीक्षार्थीहरुले मोबाइलबाट प्रश्नपत्रको फोटो खिचेर फेसबुक म्यासेन्जर ग्रुपमा हालेका थिए । प्रहरीकाअनुसार उनीहरुले प्रश्नपपत्र पाएलगतै फोटो खिचेर मोबाइलको म्यासेन्जर हालेका थिए भने त्यही प्राप्त उत्तर सारेका थिए ।

प्रहरील प्रश्नपत्र लिंक गरेको आरोपामा कास्की लेखनाथकी २० वर्षीया समीक्षा थापा, धादिङ त्रिपुरासुन्दरीकी २३ वर्षीया सविना आले र कास्की लेखनाथकै २० वर्षीया भावना गुरुङलाई पक्राउ गरेको हो ।

अल ब्राइट इन्टिच्युट पोखराका गाडी चालक ५० वर्षीय चिजकुमार श्रेगष्ठलाई भने प्रहरीले बोलाएको बेला उपस्थित हुने गरी कागज गरेर छाडेको छ ।

उनीहरुका विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ