२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्रीले कर्मचारीलाई भने, ‘आत्महत्या गर्ने भए डोरी दिन्छु, मेरो गेटमा आएर झुण्डिनु’ [भिडियो]

स्वास्थ्यमन्त्रीले कर्मचारीलाई भने, ‘आत्महत्या गर्ने भए डोरी दिन्छु, मेरो गेटमा आएर झुण्डिनु’ [भिडियो]


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले केही दिनदेखि सार्वजनिक रुपमा आत्महत्या दुरुत्साहन हुने अभिव्यक्ति दिदैं आएका छन् । सोमबार मन्त्रालयमा आफूले गरेका कामको फेरिहस्ते संवाददाताहरुलाई सुनाउने क्रममा मन्त्री बस्नेतले त्यस्तै अभिव्यक्ति पुनः दोहो¥याएका हुन् ।

पछिल्लो समय कर्मचारी सरुवाका विषयमा आक्रामक देखिएका उनले सोही प्रसंगमा एक कर्मचारीले ‘आत्महत्याको धम्की’ दिँदा आफूले आत्महत्या गर्ने भए डोरी दिने बताएको उल्लेख गरे । ‘केही मान्छेको सरुवा गरे । तर, केही मान्छे यही हुनुपर्छ, नभए आत्महत्या गर्छु भनेर आएछन्,’ मन्त्री बस्नेतले भने, ‘सचिवहरुले त्यो कुरा मलाई भनेपछि मैले त कुरा बुझेको छु । उसो भए डोरी लगेर दिनुहोस्, सचिवज्यूकोमा झुण्डिन मन लागेन भने मन्त्रीको गेटमा झुण्डिनुस् भन्दिनुँ भनिदिए ।’

उनी यतिमा मात्रै रोकिएनन् उनले अगाडि थपे, ‘सचिवहरुले त्यसो भनेपछि उहाँ जुरुक्क उठेर हिड्नुभयो । यहाँ दंग्याउने, धम्क्याउने धेरै छन् । सबै कुरा पचाएन भने सकिदैंन् ।’

मन्त्री बस्नेतले यही कुरा २८ जेठमा स्वास्थ्य पत्रकार मंचले आयोजना गरेको कार्यक्रममा पनि सार्वजनिक रुपमै बोलेका थिए ।

कानुनविद् लव मैनाली समग्रतामा यस्ता कुरालाई आत्महत्या दुरुत्साहनमा हेरिने बताउँछन् । ‘यस्ता विषयलाई समग्रतामा हेर्नुपर्छ । बारम्बार यही कुरा दोहो¥याउँदा कोही मान्छेले आत्महत्या ग¥यो भने त्यो आत्महत्या दुरुत्साहनको विषय बन्छ,’ आत्महत्या दुरुत्साहन सम्बन्धि कानुनका जानकार उनी भन्छन्, ‘सामान्य ख्याल ठ्ट्ठा गरेर बोल्ने चलन हाम्रोमा छ । तर, सार्वजनिक रुपमा बाम्बार भनिएको कुराले भोलि परिस्थिती खडा गरिदियो भने त्यो आत्महत्या दुरुत्साहनको मुद्धा बन्छ ।’

मन्त्रीको गेटमा गएर झुण्डिन भन्दिनुस भन्दिएँ : बस्नेत 

स्वास्थ्यमा सरुवा गराउन कोही तागत लगाएर आउछन् । कोही आत्महत्या गर्छु भन्दैं आउँछन् । केही मान्छेको सरुवा गरे तर केही मान्छे यही हुनुपर्छ नभए आत्महत्या गर्छु भनेर आएछन् । सचिवज्यूहरु यही दायाँ बायाँ हुनुहुन्छ । एउटा आएर म यही आत्महत्या गर्छु भनेछ ।

सचिवज्यूहरु त्यस्तो घटना घटिहाल्लाकी, भटाभट आत्महत्या गरिरहेका छन्, डराउनुभएछ अनि म कहाँ आउनुभयो । झन उहाँको त कमलो मन (प्रशासन सचिव देवकुमारी गुरागाईतिर हेर्दै) लौन केही गर्नुप¥यो आत्महत्या गर्छु भन्छ भन्नुभयो ।

मैले त कुरा बुझेको छु । उसो भए डोरी लगेर दिनुहोस्, सचिवज्यूकोमा झुण्डिन मन लागेन भने मन्त्रीको गेटमा गएर झुण्डिन भन्दिनुस भन्दिए । उहाँहरुले त्यसो भनेपछि उहाँ जुरुक्क उठेर हिड्नुभयो । यहाँ दंग्याउने घुर्काउने धेरै हुन्छन् । सबै कुरा पचाएन भने सकिदैन् ।




क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ