२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विशेषज्ञ चिकित्सक खोज्दाखोज्दैं कोशी अस्पतालमा ५५ वर्षीया महिलाको मृत्यु, छानविन समिति गठन

विशेषज्ञ चिकित्सक खोज्दाखोज्दैं कोशी अस्पतालमा ५५ वर्षीया महिलाको मृत्यु, छानविन समिति गठन


विराटनगर–विराटनगरस्थित कोशी अस्पतालको ओपीडी वार्डमा ५५ वर्षीया एक जना महिलाको मृत्यु भएको छ । अस्पतालले उपचारमा ढिलासुस्ती गरेको कारणले मोरङको जहँदा गाउँपालिका–१ की ५५ वर्षीया द्रोपतीदेवी राजवंशीको मृत्यु भएको परिवारको आरोप छ ।

२४ असारको विहान पेटमा समस्या भएपछि राजवंशी कोशी अस्पतालको आकस्मिक कक्षमा आएकी थिइन् । आकस्मिक कक्षका स्वास्थ्यकर्मीहरूले राजवंशीलाई ओपीडीको स्त्री तथा प्रसूती रोग विशेषज्ञ चिकित्सक बस्ने कोठामा रेफर गरिदिए ।

गाइनोका चिकित्सकले राजवंशीको पेटमा घाउँ देखेपछि सर्जरी वार्डमा पढाइदिए । सर्जरीका चिकित्सकलाई देखाउन नपाउँदै राजवंशीको ओपीडीको वार्डमा २४ असारमा दिउँसो मृत्यु भयो ।

राजवंशीलाई अस्पताल लिएर आएका छिमेकी देवन्तकुमार राजवंशीले उपचारमा ढिलासुस्ती भएको कारणले बिरामीको मृत्यु भएको आरोप लगाए ।

‘सुरूमा हामीले आकस्मिक कक्षमा बिरामी लिएर आयौं । त्यहाँ राम्रोसँग हेरेर विशेषज्ञ चिकित्सक बोलाएर उपचार सुरू गरेको भए बिरामीलाई बचाउन सकिन्थ्यो,’ उनले भने, ‘तर, हस्पिटलका स्वास्थ्यकर्मीले एकपछि अर्कोलाई देखाउन लगाउँदा बिरामीले ज्यान गुमाउनुप¥यो । यसरी उपचारमा ढिलासुस्ती गर्ने स्वास्थ्यकर्मी र चिकित्सकलाई कारवाहीको दायरामा ल्याउनु पर्दछ ।’

राजंवशी लामो समयदेखि पेटको समस्या रहेको थियो । उनको केही समय अगाडि पाठेघरको शल्यक्रिया गरिएको थियो । फेरि पाठेघरको समस्या बल्झिएपछि उनी कोशी अस्पताल आएकी थिइन् । थप उपचार गर्न नपाउँदै उनको निधन भएको छ ।

कोशी अस्पतालका मेसु डा. चन्द्रभाल झाले घटनाको विषयमा छानविन समिति गठन गरेको बताए । ‘अस्पतालले छानविन समिति गठन गरेको छ,’ उनले भने, ‘छानविन समितिले दिएको प्रतिवेदनको आधार थप प्रक्रिया अगाडि बढाउनेछौं ।’

डा. खरेलको नेतृत्वमा छानविन समिति गठन

घटनामाथि छानविन गर्न कोशी अस्पतालका पूर्व मेसु डा. यज्ञराज खरेलको नेतृत्वमा तीन सदस्सीय समिति गठन भएको छ । राजवंशीको मृत्यु भएको घटनाको छानविन गर्नको लागि अस्पतालले डा. खरेलको नेतृत्वमा समिति गठन गरेको हो ।

अहिले समितिले घटनाको छानविन सुरू गरेको डा. खरेलले जानकारी दिए । ‘प्रारम्भिक चरणको छानविनले राजवंशीको सेप्सीसको कारणले मृत्यु भएको देखिन्छ,’ उनले भने, ‘यो प्रारम्भिक अनुमान हो । गाइनोमा बिरामी पठाउने क्रममा बिरामीको मृत्यु भएको छ ।’

आकस्मिक कक्षका स्वास्थ्यकर्मीको तर्फबाट पनि कमजोरी भएको देखिएको उनले बताए । ‘आकस्मिक कक्षमा आएका बिरामीलाई त्यही एन्टीबायोटिक चलाएर थप कन्सल्ट विशेषज्ञ चिकित्सकसँग गरिनुपर्ने हुन्थ्यो । तर, आकस्मिक कक्षमा आएका बिरामीलाई गाइनो वार्डमा पठाएको देखियो । आगमी दिनमा यस्तो गल्ती नदोहो¥याउन हामीले सुझाव दिएका छौं ।’

आकस्मिक कक्षमा आएका बिरामीलाई अन्य वार्डमा पढाउनु परे एक जना नर्स वा स्वास्थ्यकर्मीलाई सँगै राखेर बिरामीसँग पढाउन सुझाव पनि दिएको उनले बताए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ