२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारन्याम्सका प्राध्यापकहरूले भने, ‘८ बजेबाट क्लिनिकल कार्य सुरु गर्नुपर्ने निर्णय अव्यवहारिक छ’

न्याम्सका प्राध्यापकहरूले भने, ‘८ बजेबाट क्लिनिकल कार्य सुरु गर्नुपर्ने निर्णय अव्यवहारिक छ’


काठमाडौं—सरकारले विहान ८ बजेबाट प्रि—प्रोन ड्युटी गर्नुपर्ने निर्णयलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का प्राध्यापकहरुले अव्यवहारिक भनेका छन् । २९ असारमा न्याम्सका प्राध्यापकहरुको संस्था फ्याकल्टी डक्छर्स एशोसिएसन (एफडिए)ले विज्ञप्ती जारी गर्दै धेरै परिणामहरुका कारण यो निर्णय अव्यवहारिक भएको उल्लेख गरेको छ ।

अति जरुरी सूचना प्रकाशित गर्दै एफडिएले भनेको छ, ‘हामीले विहान ९ बजेदेखि ८ बजेसम्म ड्युटी आवर प्रि—पोन गर्ने हालैको सरकारी निर्णयलाई ध्यान दिएका छौं । हामीलाई लाग्छ कि धेरै परिणामहरुका कारण यो अव्यवहारिक छ ।’

सबैजसो विभागहरुको विहानको अडिट र क्लिनिकल कक्षाहरु विहान ८ बजे नै सुरु हुने उसले बताएको छ । तर, विहान ८ बजेबाट क्लिनिकल कार्य सुरु गर्दा गर्दा विहानको अडिट र क्लिनिक कक्षाहरुमा असर गर्ने एफडिएले जनाएको छ ।

उसले हालै गरिएको निर्णयमा आफूहरु असहमत रहेको जनाउँदैं यसमा आवश्यक संशोधनका लागि आग्रह गरेका छ ।

एफडिए न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेत अध्यक्ष रहेको न्याम्सका प्राध्यापकहरुको संगठन हो । डा. बस्नेतले आफू भिसी भएलगतै उक्त पदबाट राजीनामा दिएको जानकारी हेल्थआवाजलाई दिएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ