२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै डेंगी क्लिनिक संचालन

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै डेंगी क्लिनिक संचालन


काठमाडौं—धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टैं डेंगी क्लिनिक संचालनमा ल्याएको छ । २९ असारदेखि प्रतिष्ठानले जिओपीडी भवन अगाडि छुट्टैं डेंगी क्लिनिक सुरु गरेको हो ।

सुनसरीका धरान र अन्य वरपरका जिल्लाहरुमा डेंगीको संक्रमण तीब्र बनेसँगै सर्वसाधारणका लागि सहज रुपमा सेवा उपलब्ध गराउन धरान उपमहानरपालिकासँगको सहकार्यमा डेंगी क्लिनिक संचालनमा ल्याइएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए ।

उक्त क्लिनिक संचालनका लागि प्रतिष्ठानबाट चिकित्सक, नर्स, पारामेडिक्सलगायत अन्य जनशक्तिको व्यवस्था गरेको छ भने धरान उपमहानगरपालिकाले ५ सय थान डेंगी परीक्षण किट उपलब्ध गराएको छ । साथै, उपचारका लागि आउने सर्वसाधारणका लागि टेन्ट, कुर्सीको व्यवस्था पनि उपमहानगरले मिलाएको छ ।

क्लिनिक आइतबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म र शनिबार बिहान ९ बजेदेखि १२ बजेसम्म संचालनमा रहनेछ । क्लिनिकमा आउने बिरामीहरुका लागि डेंगीको परीक्षण निःशुल्क रुपमा गरिने व्यवस्था गरिएको छ ।

सहप्रवक्ता डा. पोखरेलकाअनुसार २९ देखि ३१ असारसम्म १ सय २१ जनाको डेंगी परीक्षण गरिएकोमा ९६ जनामा डेंगी संक्रमण देखिएको छ । जुन कुल परीक्षणको ७९.३ प्रतिशत हो । बालकदेखि वृद्धसम्म सबै उमेर समूहकालाई डेंगी संक्रमण देखिएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ