२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशनेपालगन्जमा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, १० जना स्वास्थ्यकर्मी रहने

नेपालगन्जमा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, १० जना स्वास्थ्यकर्मी रहने


नेपालगन्ज—नेपालगञ्ज उपमहानगरपालिकाले सहरी क्षेत्रका जनतालाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र संचालनमा ल्याएको छ ।

केन्द्रमा एमबीबीएस तहका चिकित्सक, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, ल्याब असिस्टेन्ट र प्रयोगशालासहित १० जना स्वास्थ्यकर्मी रहनेछन् । नेपालगन्ज—४ गणेशपुरमा संचालनमा ल्याइएको स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट नगरवासीहरुलाई आधारभूत तहको स्वास्थ्य चेकजाँच निःशुल्क र प्रयोगशालामा करिब दुई दर्जन किसिमका जाँचहरु गर्ने सुविधा उपलब्ध गराइएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले बताए ।

उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले स्वास्थ्य सम्बन्धी समस्या भएकाहरुलाई नेपालगन्ज उपमहानगरपालिकाको तर्फबाट निःशुल्क चेक जाँच र प्रयोगशालाबाट गर्नुपर्ने जाँचहरु सहुलियत दरमा गर्ने ब्यवस्था मिलाइएको बताए ।

उपमहानगरपालिकाले केन्द्रमा आयुर्वेदिक उपचारको सुविधासमेत थप गरी नगरवासीलाई रोग लाग्नै नदिनका लागि खानपिनमा र नियमित रुपमा योगलगायतका अभ्यास गर्नका लागि प्रेरित गर्नका लागि नियमित रुपमा कार्यक्रमहरु संचालन गर्ने तयारी गरिरहेको छ ।

सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको प्रयोगशालाबाट सरकारी अस्पतालभन्दा २० प्रतिशत सस्तोमा शुल्कमा विहान ७ बजेदेखि ९ तथा विहान १० देखि दिउँसो १ बजेसम्म विभिन्न जाँचहरु गरिने ब्यवस्था मिलाइएको छ ।

प्रवर्द्धन केन्द्रको बाँकेका प्रतिनिधिसभाका सांसद एवं नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर र नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ