२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसंघ, पुल, फाजिलका स्वास्थ्यका कर्मचारीका लागि एकमुष्ठ संघमा दरबन्दी सिर्जना गर्न माग

संघ, पुल, फाजिलका स्वास्थ्यका कर्मचारीका लागि एकमुष्ठ संघमा दरबन्दी सिर्जना गर्न माग


काठमाडौं—स्वास्थ्यका पेशागत संघ संगठन र ट्रेड युनियनहरुले मूल समायोजन गर्दा संघ, पुल, फाजिल भनेर समायोजनको पत्र थमाइएका कर्मचारीलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एकमुष्ठ दरबन्दी सिर्जना गरी कामकाजमा लगाउन माग गरेका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई ६ बुँदे ज्ञापनपत्र बुझाउँदैं उनीहरुले सो माग गरेका हुन् ।

यस्तै, उनीहरुले दोहोरो सहमतिका आधारमा स्थानीय तह र प्रदेशमा समायोजन भएका स्वास्थ्य कर्मचारीहरुका हकमा कामकाज खटिएको तहमा दरबन्दी रिक्त देखिएमा सोही दरबन्दीमा पदस्थापन गरी पत्राचार गर्नुपर्ने, अन्तर तह सरुवाको मौका दिनुपर्ने, स्वेच्छिक अवकास योजना ल्याउनुपर्ने माग गरेका छन् ।

स्वास्थ्यका पेशागत संघ संगठनहरु र ट्रेड युनियनहरुले संयुक्त रुपमा बुझाएको उक्त ज्ञापनपत्रमा कामकाज र कामकाज फिर्ता सम्बन्धी निर्णय सबै तहहरुमा एकसमान हुनुपर्ने, चिकित्सक/स्वास्थ्यकर्मीको कामकाज व्यवस्थापनलाई न्यायपूर्ण रुपमा सम्बोधन गर्न कार्यदल बनाउनुपर्नेलगायतका माग राखेका छन् ।

हेर्नोस ६ बुँदे ज्ञापनपत्र


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ