२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठभिडियाेकलेजो प्रत्यारोपणको १० वर्षपछि प्रदीप रायमाझीको अनुभव : ‘म हेल्दी लाइफ जिइरहेको छु’

कलेजो प्रत्यारोपणको १० वर्षपछि प्रदीप रायमाझीको अनुभव : ‘म हेल्दी लाइफ जिइरहेको छु’

जसले कोभिड-१९ र डेंगी संक्रमण दुवैलाई सहजै परास्त गरे


म जन्मदाखेरि उल्टो जन्मेको भनेर भन्थे । अर्को कुरा पनि भनौ, मेरो बुवाआमाको ११ जना सन्तानमा म ९ औं सन्तान हुँ ।

नवौं सन्तानमा मलाई के भएर हो डाक्टर कहाँ जचाउन लग्दा मेरो जन्म शान्त भवनमा भयो । त्यो बेला डाक्टरहरुले यहाँ नल्याएको भए एक जनालाई बचाउन गाह्रो हुन्छ भन्थे रे । जन्मेदेखि नै मेरो त्यस्तो भइरहेको रहेछ ।

जब बढ्दैं गए, म अलिकति लुरो पनि थिए । दुब्लो भएको हुनाले बोर्डिङमा पढेपनि र्म स्कुलमा फुटबललगायतका खेलकूद पनि खेल्दिनँ थिए । सधैंजसो केही न केही बिरामी भइरहने हुन्थे म । शान्त भवनमा जचाउने, उपचार गर्ने भइरहन्थ्यो ।

पछि म कलेज पढ्न थालेपछि मेरो मुखबाट बिल्डिङ भयो । अल्सर होला भनेर त्यहीअनुसार उपचार भयो । इसोफेगल भेरिसियस भन्ने रोग भनियो र त्यो निको हुँदै जान्छ भनियो ।

२५ वर्ष पुगिसकेपछि निको हुन्छ भनियो । तर, दुई तीन वर्षमा त्यो हुँदै जान थाल्यो । यहीबीचमा मेरो बैंककमा सानो शल्यक्रिया भएको थियो ।

त्यो शल्यक्रियाका क्रममा चिकित्सकहरुले लिभर सिरोसिस हुन थाल्यो भनेका थिए । तर, पनि केही हुँदैन भन्ने थियो ।

सन् २०१२ मा अचानक मेरो कलेजो (लिभर) खराब भएको थाहा पाएपछि यहाँका डाक्टरहरुले ट्रान्सप्लान्ट नै गर्नुपर्छ भने । त्यसपछि भारतको मेदान्तमा गए, त्यहाँ डा. सोइनको टिमसँग भेट्दा उहाँहरुले पनि लिभर ट्रान्सप्लान्ट गर्नुपर्छ । यो एकदमै सही उमेर हो, स्वास्थ्य पनि ठीक छ पछि गाह्रो हुन सक्छ भने ।

त्यहाँ जानुपूर्व ममा एकदमै कमजोरी थियो । घरको भर्‍याङमा उक्लिदाखेरी पनि स्याँ स्याँ गर्थे । अफिसमा पनि सर छिटो बोल्नुहोस् भन्थे तर म बोल्न सक्दिन्थे । बोल्न एकदमै ढिला हुन्थ्यो भने हिड्दा एकदमै स्याँ—स्याँ हुन्थ्यो ।

मेरो कलेजो प्रत्यारोपण शल्यक्रिया भयो । त्यो भएको चार महिनापछि म कार्यरत हिमालय बैंकमा अफिस ज्वाइन गरे । अफिस ज्वाइन गरेपछि सबैले भने, ‘दाइ तिम्रो हामीले दुई चीज नोटिस गर्‍यौं । छिटोछिटो हिड्ने र शुद्धसँग बोली आयो तिम्रो ।’ मलाई थाहा थिएन, त्यस्तो भएछ ।

त्यो मेरो मनमा आएदेखि मलाई ‘आई एम ओके’ भन्याजस्तो भयो । तर, भित्री रुपमा मलाई सतप्रतिशत कम्प्लिट ओके छैन भन्ने थाहा थियो । तर, अहिलेसम्म मलाई म बाँच्छु, राम्रोसँग जीवन जिउछु भन्ने छ । यसरी लिँदा सबै कुरा पछि हट्दा रहेछन् ।

अहिले आई एम लिभिङ हेल्दी लाइफ । छोरीले मलाई कलेजो दिएको हो, छोरीको पनि एउटा बच्चा भयो । अर्को बच्चा पनि हुँदैछ । भनेपछि डोनरलाई पनि केही हुँदैन रहेछ । म रिसिपेन्ट पनि ठीक छु । औषधी भने भने लाइफ लङ खानुपर्छ, त्यो खाइरहेको छु ।

मैले कोभिड—१९ र डेंगी दुवै संक्रमणलाई पनि जिते । अहिले म पूर्णतः स्वस्थ छु ।

पूर्ण अनुभव भिडियोमा हेर्नुहोस्




क्याटेगोरी : भिडियाे, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ