२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआयुर्वेदको विकासका लागि कार्ययोजना बनाएर अगाडि बढ्नुपर्छ : स्वास्थ्यमन्त्री

आयुर्वेदको विकासका लागि कार्ययोजना बनाएर अगाडि बढ्नुपर्छ : स्वास्थ्यमन्त्री


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेदको विकासका लागि ठोस कार्ययोजना बनाएर अगाडि बढ्नुपर्ने बताएका छन् । मंगलबार राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले किर्तिपुरमा आयोजना गरेको पञ्चकर्म चिकित्सा सम्बन्धी आधारभूत तालिम एवं कार्यशालको उदघाटन समारोहमा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले आयुर्वेदको विकास गर्नका लागि गफ भन्दा आफूलाई ठोस कार्ययोजना चाहिएको बताए ।

‘आयुर्वेदको विकासका लागि यस्तो गर्न सकिन्छ, उस्तो गर्न सकिन्छ भनेर भएन । ठोस कार्ययोजना लिएर आउनुप¥यो । त्यसमा मेरो सहयोग रहन्छ,’ उनले भने । आयुर्वेदको विकास भएमा नेपालीका लागि राम्रो हुने बताउँदैं मन्त्री बस्नेतले साइड इफेक्ट नहुने आयुर्वेदिक औषधीको पहुँच बढाउनुपर्नेमा जोड दिए ।

आयुर्वेदिक महत्व भएका जडिबुटीलाई खोस्टोको भाउमा विदेशीलाई बेच्ने तर पछि त्यही जडिबुटी औषधी बनेपछि अमृतको भाउमा किन्नुपर्ने अवस्थाको अन्त गर्नका लागि आयुर्वेदको क्षेत्रका विज्ञहरुले कार्ययोजना बनाएर अगाडि बढ्नु आवश्यक रहेको मन्त्री बस्नेतले बताए ।

मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा व्याप्त बेथितीको अन्त्य गर्न आफू लागि परेको बताउँदै पहुँचको भरमा दशकौंदेखि राजधानी बाहिर जान नचाहेका चिकित्सक र स्वास्थ्यकर्मीलाई आफूले काज फिर्ता गरेर दरबन्दी भएकै ठाउँमा पठाएको दावी गरे । स्वास्थ्य बिमामा बेथिती बढेको सबैतिरबाट गुनासो आएपछि मन्त्रालयले कार्यकारी निर्देशकलाई स्पष्टीकरण सोधेको स्मरण गर्दै स्पष्टीकरण सोधेपछि अगाडि मिति राखेर अस्पतालहरुलाई दिनुपर्ने सोधभर्ना दिएको जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा. रामआधार यादवले औषधी बिहीन थेरापीको रुपमा पञ्चकर्म चिकित्सालाई लिइने गरेको बताउँदै पञ्चकर्मले दुखाइ सम्बन्धी धेरैजसो रोगहरुको उपचार गर्न सकिने दावी गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ