२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएनएमएले भन्यो, ‘पोखरामा चिकित्समाथि लाठी चार्ज र हिरासतमा राखिएको घटना कानुनी राजको उपहास’

एनएमएले भन्यो, ‘पोखरामा चिकित्समाथि लाठी चार्ज र हिरासतमा राखिएको घटना कानुनी राजको उपहास’


काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)ले पोखरामा चिकित्सकमाथि भएको लाठी चार्ज र चिकित्सकलाई नै हिरासतमा राखिएको घटनाले कानुनी राज्यको उपहास गरेको जनाएको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै संघले सेवा संलग्न व्यक्तिको सुरक्षा र कानुनी राज्य छ भन्ने प्रत्याभूति दिलाउन राज्य संवेदनशील नभएको जनाएको छ ।

‘पोखरामा चिकित्सकमाथि भएको लाठीचार्ज तथा चिकित्सकहरुलाई नै हिरासतमा राखिएको घटनाले कानुनी राज्यको उपहास गरेको छ,’ संघका महासचिव संन्जिव तिवारीले हस्ताक्षर गरेको विज्ञप्तीमा छ, ‘त्यसैले अविलम्ब दोषीलाई कानुनी दायरामा ल्याई चिकित्सकीय सेवामा संलग्न जनशक्तिको सुरक्षा र कानुनी राज्य छ भन्ने प्रत्याभूति दिलाउने कार्यमा राज्य संवेदनशील नभएकोले हालै देशभर सार्वजनिक भएका सम्पूर्ण आन्दोलनका कार्यक्रममा यस संघ ऐक्यवद्धता जाहेर गर्दछ ।’

लमजुङ र पोखरामा चिकित्सकहरुमाथि हातपात भएपछि सुरक्षाको काम गर्दै डाक्टरहरुले स्वतःस्फूर्त रुपमा ठाउँ—ठाउँमा सेवा प्रवाह अवरुद्ध गरेका छन् । संघले ती आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।

साथै उसले पछिल्लो समयमा घटेका गम्भीर प्रकृतिका घटनाक्रमलाई गहन समीक्षा गर्दै आगामी रणनीति तय गर्न १० असोजमा दिउँसो सरोकारवाला पक्षहरुको बैठकले बोलाएको छ । उक्त बैठकमा अस्पतालका निर्देशकहरु, संघका पूर्व पदाधिकारी, परिषद्का सदस्य, विभिन्न विशेषज्ञ सोसाइटीका पदाधिकारी, संघका शाखा कार्यलयका अध्यक्ष र सचिव, रेजिडेन्ट सोसाइटीका पदाधिकारीलाई बोलाइएको छ ।

संघले आक्रमण र हातपातजस्ता घटनामा संलग्न दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन, २०६६ र पहिलो संशोधन ऐन, २०७९ बमोजिम कारवाही नगरिनुले सेवा प्रवाह गर्ने वातावरण नरहेको पनि जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ