२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यकर्मीमाथि हातपातका घटनामा कारवाही नगरेपछि डाक्टरले दिए पार्टीबाटै राजीनामा

स्वास्थ्यकर्मीमाथि हातपातका घटनामा कारवाही नगरेपछि डाक्टरले दिए पार्टीबाटै राजीनामा


काठमाडौं—एक जना चिकित्सकले आफ्नै पार्टी सरकारमा भएका बेला स्वास्थ्यकर्मीमाथि भएको हातपातका घटनामा कारवाही नभएको भन्दैं पार्टीबाटै राजीनामा दिएका छन् । मंगलबार माओवादी केन्द्रको स्वास्थ्य विभागका सदस्य समेत रहेका डा. दीपकप्रसाद कोइरालाले पार्टीबाटै राजीनामा दिएका हुन् ।

नेपाल प्रगतिशील चिकित्सक संघका पूर्व गण्डकी प्रदेश संयोजकसमेत रहेका डा. कोइरालाले स्वास्थ्यकर्मीमाथि हातपात गर्नेहरुका लागि गैरजमानती हिरासतको कडा कानुन नबनेसम्म पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

उनले आफ्नै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री हुँदा उपचार गर्ने चिकित्सकले पिटाइ खानु दिनचर्या भएको, प्रहरीले उल्टै गुण्डागर्दी गर्नेलाई जोगाएर डाक्टरमाथि लाठीचार्ज गर्नु र कानुनी राज्यको उपहास हुनु आफूलाई सह्यै नभएको राजीनामा पत्रमा लेखेका छन् । उनले प्रगतिशील चिकित्सक संघ गण्डकी प्रदेशका अध्यक्षलाई हिरासतमा राख्नु झन लज्जापद विषय भएको उल्लेख गरेका छन् ।

डा. कोइरालाले माओवादी केन्द्रका अध्यक्षलाई दाहाललाई राजीनामा लेखेको पत्र भाइरल भइरहेको छ । डा. कोइराला बाल रोग विशेषज्ञ हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ