२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएमबीबीएसमा १९२५ र बिडिएसमा ५४५ सिट बाँडफाँड, कुन मेडिकल कलेजलाई कति ?

एमबीबीएसमा १९२५ र बिडिएसमा ५४५ सिट बाँडफाँड, कुन मेडिकल कलेजलाई कति ?

एमबीबीएसमा कर्णालीलाई ५० सिट, पाटनलाई ६५ सिट


काठमाडौं—चिकित्सा शिक्षा आयोगले एमबीबीएसमा १९२५ सिट बाँडफाड गरेको छ । मंगलबार आयोगले एमबीबीएसतर्फ १९९५ र बिडिएसतर्फ ५४५ सिट बाँडफाँड गरेको हो ।

एमबीबीएस अध्यापनका लागि विराट मेडिकल कलेज, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, किष्ट मेडिकल कलेज, केयु स्कुल अफ मेडिकल साइन्सेज १००/१०० सिट पाएका छन् ।

यसैगरी, लुम्बिनी मेडिकल कलेज, महाराजगन्ज मेडिकल क्याम्पस, मणिपाल मेडिकल कलेज, नेशनल मेडिकल कलेज, नेपाल मेडिकल कलेज, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, नेपालगन्ज मेडिकल कलेज, नोबेल मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजले पनि १००/१०० सिट पाएका हुन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने एमबीबीएसमा ६५ सिट अध्यापन गर्ने अनुमति पाएको छ भने देवदह मेडिकल कलेजले ६० सिट पाएको छ । जानकी मेडिकल कलेज र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ५०/५० सिटमा अध्यापन गराउने अनुमति पाएका छन् ।

बिडिएसतर्फ ५ वटा कलेजलाई ५०/५० सिट पढाउने अनुमति दिइएको छ । जसमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कान्तिपुर डेन्टल कलेज, केयु स्कुल अफ मेडिकल साइन्सेज, पिपुल्स डेन्टल कलेज र युनिभर्सल मेडिकल कलेज रहेका छन् । बिडिएमा चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज, काठमाडौं मेडिकल कलेज र नेपाल मेडिकल कलेजले ४०/४० सिट पाएका छन् ।

यसैगरी, गण्डकी मेडिकल कलेजले ३०, किष्ट मेडिकल कलेजले ३५, नोबेल मेडिकल कलेज ३०, महाराजगन्ज मेडिकल क्याम्पस २५ र नेशनल मेडिकल कलेजले १५ सिट पाएका छन् ।

आयोगले बिएस्सी नर्सिङतर्फ ५६ कलेजलाई १७२० सिट बाँडेको छ । यसैगरी, बिएनएसमा ३८ कलेजलाई ११३० सिट बाँडफाँड गरिएको छ । चिकित्सा शिक्षाका अन्य कार्यक्रमहरुमा पनि आयोगले विभिन्न कलेजहरुलाई सिट बाँडफाँड गरेको छ ।

बिएएमएसतर्फ ३ कलेजलाई १०० सिट बाँडफाँड गरिएको छ ।

चिकित्सा शिक्षाका कार्यक्रममा कुन कलेजलाई कति सिट ?


क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ