२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगृह मन्त्रालयद्वारा चार महिनादेखि सम्पर्कविहीन डाक्टरको खोजी, एक हप्ताभित्र हाजिर हुन निर्देशन

गृह मन्त्रालयद्वारा चार महिनादेखि सम्पर्कविहीन डाक्टरको खोजी, एक हप्ताभित्र हाजिर हुन निर्देशन


काठमाडौं– गृह मन्त्रालयले चार महिनादेखि सम्पर्कविहीन डाक्टरलाई एक हप्ताभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ । मन्त्रालयले सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालमा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा केशव श्रेष्ठ र नेपाल प्रहरी अस्पतालको सर्जिकल शाखामा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा बालकृष्ण ज्ञवालीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

डा श्रेष्ठ गत जेठ २९ गतेदेखि र डा ज्ञवाली गत जेठ १६ गतेदेखि सम्पर्कविहीन छन् । अबको ७ दिनभित्र स्पष्टीकरणसहित कार्यालयमा हाजिर नभए प्रहरी नियमावली २०७१ को नियम ११३ को खण्ड (च)को कसुर अनुसार कारबाही हुने मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ