२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडाक्टरलाई कुटेको अभिव्यक्ति दिएका इन्स्पेक्टर श्रेष्ठ निलम्बित

डाक्टरलाई कुटेको अभिव्यक्ति दिएका इन्स्पेक्टर श्रेष्ठ निलम्बित


काठमाडौं—मणिपाल मेडिकल कलेजमा बिरामीको उपचारका क्रममा मृत्युको घटनापछि डाक्टरलाई कुटेको अभिव्यक्ति दिएका प्रहरी निरिक्षक मदन श्रेष्ठ निलम्बित भएका छन् । नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले श्रेष्ठलाई अनुसन्धानका लागि निलम्बन गरिएको जानकारी दिए ।

मणिपाल उपचाररत लमजुङकी ५७ वर्षीया एक महिलाको मृत्यु भएपछि चिकित्सकमाथि हातपात भएको थियो । त्यसपछि मृतक आफन्तहरुले अस्पतालमा जम्मा भएर होहल्ला गरिरहेका थिए ।

त्यही भिडमा आएर श्रेष्ठले ‘डाक्टरलाई कुटेर आएँ’ भनेर अभिव्यक्ति दिएका थिए । उक्त भिडियो मंगलबार दिनभरजसो सामाजिक संजालमा भाइरल भएको थियो ।

प्रहरीले मणिपालमा चिकित्सकमाथि आक्रमणकै घटनाका कारण डिएसपी वेदप्रकाश जोशीलाई सरुवा गरेको छ । उनलाई घटनामा सही ढंगबाट सुरक्षाको कमाण्ड लिन नसकेको भन्दैं गृहकै निर्देशनमा सरुवा गरिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ