२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगृहले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनअनुसार दोषीमाथि कारवाही गर्न निर्देशन दिने

गृहले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनअनुसार दोषीमाथि कारवाही गर्न निर्देशन दिने


काठमाडौं—गृह मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन, २०६६ (संशोधनसहित)अनुसार दोषीमाथि कारवाही गर्न मातहतका निकायलाई निर्देशन दिने जनाएको छ । बुधबार गृहले एक विज्ञप्ती जारी गर्दै उक्त ऐनमा व्यवस्था भएअनुसार स्वास्थ्यकर्मी सुरक्षा सम्बन्धी समन्वय समितिको बैठक नियमित रुपमा राखेर प्रभावकारी कार्यन्वयन गर्ने समेत जनाएको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र सम्बन्धित निकायका सरोकारवालाहरुको संयुक्त बैठकपछि गृहले उक्त विज्ञप्ती जारी गरेको हो ।

गृह प्रवक्ता केदारनाथ शर्माले जारी गरेको विज्ञप्तीमा देशका सबै स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन, २०६६ (संशोधनसहित)ले गरेको कसुर र दण्ड सजाय सम्बन्धी व्यवस्थाहरु सबैले देख्ने गरी स्वास्थ्य मन्त्रालयले राख्ने व्यवस्था गर्नेसमेत उल्लेख छ ।

कास्की जिल्लाको घटनामा दोषी देखिएको प्रहरी अधिकारी एक जनालाई काठमाडौं सरुवा गरिएको अर्कोलाई निलम्बन गरिएको पनि मन्त्रालयले जनाएको छ । जबकी उक्त घटनामा छानविन नै भएको छैन ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ