२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यकर्मी र संस्थाको सुरक्षा सम्बन्धि सूचना बोर्ड राख्न अस्पताललाई निर्देशन

स्वास्थ्यकर्मी र संस्थाको सुरक्षा सम्बन्धि सूचना बोर्ड राख्न अस्पताललाई निर्देशन


काठमाडौं– स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षामा दखल पुर्‍याउन नदिन अस्पताल परिसरमा सूचना बोर्ड राख्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । बुधबार मन्त्रालयले एक सूचना जारी गर्दै स्वास्थ्य सुरक्षा सम्बन्धी ऐन बमोजिम स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पुर्‍याउने तथा हातपात गर्नेमाथि कानुनअनुसार दण्ड सजायको व्यवस्थालाई अस्पताल परिसरमा टाँस्न निर्देशन दिएको हो ।
स्वास्थ्यकर्मीको सुरक्षाप्रति सरकार पूर्ण प्रतिवद्ध रहेको भन्दै अस्पतालहरुलाई कार्यालय परिसरमा कम्तीमा ६ वाई ४ फुटको स्थायी सूचना बोर्ड बनाई टाँस्न मन्त्रालयले आग्रह गरेको छ ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ पहिलो संशोधन ऐन २०७९ सि.नं दफा (३) हातपात, तालाबन्दी तथा तोडफोडजस्ता दफा १५ कसूर र सजाय पाउनेछन् । स्वास्थ्य संस्थामा आगजानी गरे २ वर्षदेखि ५ वर्षसम्म कैद वा २ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको छ ।
त्यसैगरी, स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्‍याए, स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पुर्‍याए,  स्वास्थ्य संस्थामा तालावन्दी गर्न वा घेराउ गर्नेलाई ३ वर्षसम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ । यस्तै, स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीहरुको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा पुर्‍याउने तथा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुलाई हातपात गर्नेलाई १ वर्षसम्म कैद वा १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।

क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ