२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशसुरक्षाको माग गर्दै नेपालगन्जका डाक्टर सडकमा, आकस्मिकबाहेक सेवा अनिश्चितकालीन बन्द

सुरक्षाको माग गर्दै नेपालगन्जका डाक्टर सडकमा, आकस्मिकबाहेक सेवा अनिश्चितकालीन बन्द

नेपाल चिकित्सक संघ केन्द्रीय समितिको भूमिकाप्रति असन्तुष्टि


नेपालगन्ज—चिकित्सकमाथि भएका आक्रमणका घटनाका विरुद्ध नेपालगन्जका चिकित्सकहरु आन्दोलित भएका छन् । बिहीबार विहानैदेखि चिकित्सकहरुले स्वास्थ्यकर्मीको सुरक्षाको माग गर्दै सडकमा आएर प्रदर्शन गरेका छन् ।

नेपाल चिकित्सक संघ भेरी शाखाको योजनामा चिकित्सकहरुले विहानदेखि व्यक्तिगत सुरक्षाको माग गर्दै प्रदर्शन सुरु गरेका हुन् । शाखाले अनिश्चितकालीन समयका लागि आकस्मिकबाहेक सम्पूर्ण स्वास्थ्य बन्द गर्ने निर्णय गरेको छ ।

नेपाल चिकित्सक संघ केन्द्रीय समितिको भूमिकामा असन्तुष्टि जनाउँदै भेरी अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा. श्यामसुन्दर यादवले नेपालगन्जमा चिकित्सकहरुको आन्दोलनको कमाण्ड सम्हालेका छन् ।

डा. यादवले आफ्नो ३१ वर्षको करिअरमै अहिले सबैभन्दा असुरक्षित महशुस भएको बताए । ‘गृहमन्त्री, प्रशासन र मेडिकल काउन्सिलले प्रभावकारी रूपमा काम नगर्दा यस्तो अवस्था आयो,’ उनले भने, ‘गल्ती र लापरवाही गर्ने चिकित्सकलाई कारवाही गर्ने निकाय नालायक भए ।’

डा. यादवले चिकित्सकहरुले पनि आफ्नो गल्ती कमजोरी सच्चाउनुपर्ने बताउँदैं डाक्टरलाई कुटपिट गरेर न्याय खोज्ने प्रवृत्ति बढ्नु चिन्ताको विषय भएको उल्लेख गरे ।

सडक आन्दोलनमा करिब १ सय चिकित्सकहरु सहभागी रहेका छन् । नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डा. विनोदकुमार थापालगायत नेपालगन्जका अधिकांश चिकित्सकहरु आन्दोलनमा सहभागी छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ