२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराज्यका सेवा र अवसरबाट वञ्चित भएको एचआइभी सङ्क्रमितको गुनासो

राज्यका सेवा र अवसरबाट वञ्चित भएको एचआइभी सङ्क्रमितको गुनासो


काठमाडौं-  राज्यले एचआइभी सङ्क्रमितलाई बेवास्ता गरेको सरोकारवालाले बताएका छन् । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा उनीहरुले राज्यबाट पाउने आधारभूत सेवा र अवसरबाट वञ्चित भएको बताएका हुन् ।

कार्यक्रममा बोल्दै एचआइभी सङ्क्रमितहरूको राष्ट्रिय महासङ्घका अध्यक्ष खगेन्द्र खड्काले एचआइभी सङ्क्रमित र त्यसको जोखिम समुदाय संविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य र शिक्षाबाट वञ्चित हुन बाध्य गराएको बताए । एचआइभी सङ्क्रमित भएकै कारण विद्यालय र सेवा लिन पुगेको स्वास्थ्य संस्थाबाट निष्कासन हुनुपरेका अवस्था बताउँदै सङ्क्रमितहरू शिक्षाबाट वञ्चित भएको उनको भनाई छ ।
जन्मजात एचआइभी सङ्क्रमित बालबालिकाहरूको जनदर्ता गराउनसमेत बाधा पुगेको उनी बताउँछन् । ‘देशभर १८ वर्ष भन्दा मुनिका १०७६ बालबालिका एचआइभी सङ्क्रमित छन् । उनीहरू जन्मँदै एचआइभी सङ्क्रमित हुन् । सङ्क्रमित मध्ये ५३ जना बच्चाहरूको जन्म दर्ता हुन सकेको छैन ।’ उनले भने– ‘राज्यले हरेक जाती भाषा, समुदायलाई कानुनी अधिकार दिएको छ तर, एचआइभी सङ्क्रमितमा भएको विभेद, भेदभाव र अधिकारको कुरा कहीँ कतै उल्लेख गरिएको छैन ।’

कार्यक्रममा सहभागी मिलन खड्काले एचआइभी सङ्क्रमित खुलेर विद्यालय जाँदा निष्कासन हुनुपर्ने बाध्यता रहेको बताए । नेपालमा सम्मानकासाथ बाँच्न पाउने वातावरण नभएको र सरकारले विदेश जान रोक लगाएकोप्रति उनले दुखेसो पोखे ।

 ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ