२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटले ल्यायो ‘हेल्थ रेकर्ड बुक’, बालबालिकाको लागि बहुउपयोगी हुने

विराटले ल्यायो ‘हेल्थ रेकर्ड बुक’, बालबालिकाको लागि बहुउपयोगी हुने


विराटनगर—विराटनगरस्थित विराट नर्सिङ होमले ‘हेल्थ रेकर्ड बुक’ ल्याएको छ । स्वास्थ्य उपचारमा सहुलियत दिने उद्देश्यले बहु उपयोगी ‘हेल्थ रेकर्ड बुक’ ल्याइएको अस्पतालले जनाएको छ ।

मंगलबार पत्रकार सम्मेलन गरी हस्पिटलले समुदाय र संस्थाहरुसँग दिगो सम्बन्ध निर्माण गर्ने उद्देश्यले ‘हेल्थ रेकर्ड बुक’ लिएर आएको जानकारी गराएको हो । ‘हेल्थ रेकर्ड बुक’ पाँच हजारमा खरिद् गरेपछि विराट नर्सिङ होमबाट स्वास्थ्य उपचार सेवा पाउनेछन् ।

यो ‘हेल्थ रेकर्ड बुक’ हस्पिटलले अहिले विद्यालयहरुसँग सम्झौता गरेर सेवा सुरू गरेको छ । ‘हेल्थ रेकर्ड बुक’मा बालवालिकाहरूको स्वास्थ्यको बारेमा बहुमूल्य जानकारी समावेश गरिएको हस्पिटलका उपाध्यक्ष डा. डेनिस कार्कीले जानकारी दिए ।

‘स्वास्थ्य रेकर्ड पुस्तिका सजिलै पहुँचयोग्य हुनेछ । आवश्यक स्वास्थ्य जानकारीमा सजिलो पहुँच प्रदान गर्दछ । यो विशेष गरी आपत्तकालीन अवस्थामा लाभदायक हुने हामीले अपेक्षा राखेका छौं । जहाँ स्वास्थय सेवा प्रदायकहरुलाई सही र अद्यावधिक स्वास्थ्य जानकारी गराउँछ,’ डा. कार्कीले भने ।

स्वास्थ्य रेकर्ड बुक प्याकेजको अतिरिक्त, विराट नर्सिङ होमले विद्यालयलाई चिकित्सा सेवाहरु पनि प्रदान गर्ने जनाएको छ । ‘हेल्थ रेकर्ड बुक’ लिएपछि बालरोग, दन्त, नेत्र रोग, ईएनटी र छाला रोगको सेवाहरु ओपीडीमा निःशुल्क हुनेछ ।

यस्तै, निःशुल्क एम्बुलेन्स, निदान र आइपीडी सेवाहरुमा २० प्रतिशत छुट, एक वर्षको लागि निदान सेवाहरु, सामान्य वार्ड र पीआईसीयु भर्नासहित स्वास्थ्य रेकर्ड बुक भएका बालवालिकाहरुलाई अस्पतालको अन्तरंग विभागका सेवाहरुमा २० प्रतिशत छुट हुने हस्पिटलले जनाएको छ ।

पाँच हजार रुपैयाँ तिरेर हेल्थ रेकर्ड बुक लिएपछि प्रत्येक वर्ष २ हजार ५ सय रुपैयाँ नवीकरण शुल्क लाग्नेछ । ‘हेल्थ रेकर्ड बुक’ लिएपछि हस्पिटलबाट पाउने स्वास्थ्य उपचारमा बालवालिकासहित अभिभावकहरुले पनि सहुलियतमा उपचार सेवा पाउनेछन् ।

‘हेल्थ रेकर्ड बुक’मा नवजात शिशुदेखि १५ वर्ष उमेर समूहका बालवालिकाहरुको लागि बहुमूल्य जानकारी रहेको हस्पिटलका नवजात तथा बालरोग विशेषज्ञ डा. दिपराज अधिकारीले जानकारी दिए । ‘स्वास्थ्य सम्बन्धित जानकारीहरु एकै ठाउँमा रेकर्ड गरिएको छ । जसले आमाबावुलाई आफ्नो बच्चाको स्वास्थ्य स्थिति थाहा पाउन सजिलो बनाउनेछ,’ डा. अधिकारीले भने, ‘स्वास्थ्य रेकर्ड पुस्तकले विभिन्न उमेर समूहका बालवाकिाको आहार योजना, चेतावनी चिन्हहरु, के गर्ने र नगर्ने, सुत्ने समय, जाँच समय आदिसहित बहुमूल्य जानकारी प्रदान गरिएको छ ।’

‘हेल्थ रेकर्ड बुक’ अहिले विराटनगरको लिलीपुट प्रिमियर स्कुल, मोर्डन एरा र न्यू युरो किड्समा सम्झौता गरेर लागू गरिएको कार्यक्रम संयोजक कृष्ण कँडेलले जानकारी दिए । विस्तारै अन्य विद्यालयहरुमा पनि सम्झौता गरिने उनले बताए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ