२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारन्याम्सको चौथो दीक्षान्त समारोहबाट ५४१ जना दीक्षित

न्याम्सको चौथो दीक्षान्त समारोहबाट ५४१ जना दीक्षित


काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) चौथो दीक्षान्त समारोह सम्पन्न भएको छ।  बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित उक्त समारोहबाट २०७७ चैत्र देखि २०८० साउन सम्ममा विभिन्न विषयमा स्नातकोत्तर तथा स्नातक गरेका विद्यार्थी दीक्षित भएका छन् ।

कुल ५४१ जनाले डिएम कार्डियोलोजी, डिएम ग्याष्ट्रोइाटेरेलोजी, डिएम हेपाटोलोजी, डिएम मेडिकल अन्कोलोजी, डिएम नेफ्रोलोजी,  एमसीएच न्यूरोलोजी, एमसीएच प्लास्टिक एण्ड रिकन्स्ट्रक्टिभ सर्जरी, एमसीएच सर्जीकल ग्यास्ट्रोइन्टेरेलोजी लगायतका उपाधि पाएका हुन् ।

प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा भएको उक्त समारोहमा वरिष्ठ फिजिसियन एवम् मुटु रोग विशेषज्ञ प्रा.डा. डम्बर बहादुर कार्की प्रमुख वक्ता रहेका थिए ।

उक्त समारोहमा राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.आरपी बिच्छा, स्वास्थ्य तथम जनसंख्या मन्त्रालयका सचिव देव कुमारी गुरागाई शिक्षा सचिव, अर्थ सचिव लगायत शिक्षाविद् तथा चिकित्सकहरुको बाक्लो उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ