२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारघुँडाको जोर्नी दुखाई कम गर्न सकिने योगासन

घुँडाको जोर्नी दुखाई कम गर्न सकिने योगासन


वास्तवमा उमेर बढ्दै जाँदा जोर्नी र घुँडा दुख्न थाल्छ । जाडोमा घुँडा र जोर्नी दुख्ने समस्या बढ्छ । यसको एउटा कारण शारीरिक रूपमा सक्रिय नहुनु हो । यसका साथै अत्यधिक तेलयुक्त खानेकुराको सेवनले पनि जाडोमा घुँडा दुख्ने समस्या बढ्छ । दुखाइबाट राहत पाउन मांसपेशी बलियो बनाउनु पर्छ । यसका लागि योग अभ्यास प्रभावकारी हुन्छ । योग गर्नाले खुट्टामा रक्तसञ्चार राम्रो हुन्छ र घुँडा दुख्ने समस्याबाट राहत मिल्छ । घुँडा बलियो बनाउन र खुट्टाको असन्तुलन कम गर्न दैनिक योग गर्नुहोस् ।

त्रिकोणासन

यो योग आसनको अभ्यासले मांसपेशी दुखाई कम गर्छ । त्रिकोनासन गर्न सीधा उभिनुहोस् । अब खुट्टाको बिचमा करिब दुई फिटको दूरी राख्नुहोस् र लामो गहिरो श्वास लिनुहोस् । शरीरलाई दायाँतिर झुकाउनुहोस् । त्यसपछि बायाँ हात माथितिर सार्नुहोस् । आफ्नो बायाँ हातको औँलाहरूतिर आँखा पार्नुहोस् । केही समय यस आसनमा रहनुहोस् र त्यसपछि सामान्य स्थितिमा फर्कनुहोस् । अब अर्को पट्टिबाट यो प्रक्रिया पालना गर्नुहोस् ।

मलासन

मलासन अभ्यास गर्न सीधा उभिनुहोस् । दुवै खुट्टाहरू बिच थोरै दूरी राख्नुहोस् । अब प्रार्थना मुद्रामा आफ्नो हात ल्याउनुहोस् र बिस्तारै बस्नुहोस् । श्वास छोड्दै अगाडि तिर झुक्नुहोस् । दुवै कुहिनालाई तिघ्राको बिचमा ल्याएर ९० डिग्रीको कोण बनाउनुहोस् । सामान्य रूपमा श्वास लिनुहोस् । त्यसपछि सामान्य स्थितिमा सीधा उभिनुहोस् ।

पार्श्वोत्तनासन

यो योगलाई पिरामिड पोज पनि भनिन्छ । पार्श्वोत्तनासन अभ्यास गर्न दाहिने खुट्टा अगाडि बढाउनुहोस् र ४५ डिग्रीको कोण बनाउनुहोस् । अब अगाडि झुक्नुहोस् र आफ्नो हात भुईँमा राख्नुहोस् । आफ्नो घुँडा झुकाउनुहोस् । यस अवस्थामा केही समय बसेपछि सामान्य अवस्थामा फर्कनुहोस् ।

नोट: यो लेख योग गुरुको सुझावको आधारमा तयार गरिएको हो । आसनको सही स्थिति बारे जान्नको लागि तपाई एक विशेषज्ञलाई सम्पर्क गर्न सक्नुहुन्छ ।

अमर उजालाबाट भावानुवाद


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ