२०८१ असोज २६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौंमा वायु प्रदूषण गराउने सवारीलाई तीन लाख रुपैयाँ जरिवाना तिराइने

काठमाडौंमा वायु प्रदूषण गराउने सवारीलाई तीन लाख रुपैयाँ जरिवाना तिराइने


काठमाडौं– काठमाडौं महानगरपालिले वायु प्रदूषण गराउने सवारी साधनलाई जरिवाना गराउने भएको छ । शनिवार महानगरपालिकाले  एक सूचना जारी गर्दै आफ्नो क्षेत्र भएर गुड्ने सवारी साधनहरूको वायु प्रदूषण चेकजाँच गर्ने र मापदण्ड विपरीत गुड्ने सवारी साधनलाई तीन लाख रुपैयाँसम्म जरिवाना गराउने जनाको हो ।

महानगरमा वायु प्रदूषणको मुख्य कारक सवारी साधन रहेको र  नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बढी धुवाँजन्य प्रदूषण उत्सर्जन गरेको गुनासो आएको वातावरण व्यवस्थापन विभागले जनाएको छ ।

आगामी दिनमा मापदण्ड विपरीत गुड्ने सवारीलाई महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५२ उपदफा ९४० मा व्यवस्था भए अनुसारको कारबाही गरिने महानगरपालिकाले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ