२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअस्पतालबाट शिशु विक्री प्रकरणः अनुसन्धान सकियो डा. कर्णसहित ६ जनाविरूद्ध मुद्दा दायर हुँदै

अस्पतालबाट शिशु विक्री प्रकरणः अनुसन्धान सकियो डा. कर्णसहित ६ जनाविरूद्ध मुद्दा दायर हुँदै


विराटनगर – विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा जन्मिएको नवजात शिशु बिक्री गरेर बेपत्ता पारेको कसुरमा पक्राउ परेका डाक्टर तपेश्वरलाल कर्णसहित ६ जना विरुद्ध आज सोमबार मुद्दा दर्ता हुने भएको छ ।

प्रहरीले अनुसन्धान पुरा गरेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएकाले सोमबार मोरङ अदालतमा अभियोग दर्ता गर्ने तयारी गरिएको हो ।

अदालत स्रोतले दिएको जानकारी अनुसार पक्राउ परेका डाक्टर कर्णसहित ६ जनालाई प्रतिवादी बनाएर तीन वटा मुद्दा चलाउने तयारी गरिएको छ । उनीहरुलाई अपहरण, व्यक्ति वेपत्ता, एकीकृत कसुर र संगठित अपराध मुद्दामा प्रतिवादी बनाएर अदालतमा अभियोग दर्ता गर्ने तयारि गरिएको छ । प्रहरीले अनुसन्धान पुरा गरेर प्रतिवेदन शुक्रबार बुझाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । ‘हामीले अनुसन्धान पुरा गरेपछि प्रतिवेदन बुझाएका छौं । अब सरकारी वकिलको कार्यालयले अभियोजन तयारी पारि अभियोग दर्ता गर्नेछन्,’ उनले भने ।

जिल्ला सरकारी वकिलको कार्यालयका सहायक न्यायाधिवक्ता रोहित पोखरेलले अनुसन्धान प्रतिवेदन आएकोले अहिले अभियोजन बनाउने काम भइरहेको बताए । ‘अनुसन्धान प्रतिवेदन हेरेर अभियोजन तयार गरिदैछ । मुद्दा बनाउने दिन कति वटा मुद्दा र प्रतिवादी हुन्छन् । त्यही दिन थाहा हुन्छ,’ उनले भने ।

नवजाजत शिशु विक्री गरि बेपत्ता पारेको कुसरमा कोशी अस्पतालका पूर्व मेसु स्त्री तथा प्रसूती रोग विशेषज्ञ ६८ वर्षीय डाक्टर कर्णसहित ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवजात शिशुलाई जिन्म दिएको हस्पिटल ग्रिनक्रसका संचालक कृष्ण खवास पनि पक्राउ परेका छन् । खवासको व्यवस्थापकिया भूमिका देखिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरीले खवासलाई मतियार बनाएको छ । तर, जिल्ला सरकारी वकिलको कार्यालयले उनको संलग्नता नदेखिने भएकोले प्रतिवादी नबनाएर हाजिर जमनामा छोडिदिने तयारी गरेको छ ।

प्रहरीले यस घटनामा नवजात शिशु खरिद गर्ने, हस्पिटलका सरसफाइकर्मी, पाँच लाखमा शिशु बेच्ने डाक्टर तपेश्वरलाल कर्णका सहयोगी नर्सलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ग्रिनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सरसफाइकर्मी सुधा राजवंशी, कटहरी गाउँपालिका २ की ४६ वर्षीया दिलमाया राजबंशी, ३० वर्षीय सुर्यनारायण राजवंशी, सिराहाको कल्याणपुर नगरपालिका १२ की ३८ वर्षीया नर्स निर्मला यादव, शिशुका बावु भोजपुरको हतुवा गढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राई रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दाहालले जानकारी दिए ।
पक्राउ पर्ने मध्ये डा. कर्णसँग उक्त शिशु खरिद गर्ने दिलमाया र उनका छोरा सूर्यनारायण, दिदी सुधा राजवंशी र चिकत्सकका सहयोगी निर्मला लाई प्रहरीले पक्राउ गरेको छ । डा. कर्णले ग्रिनक्रस अस्पतालको ओटी विभागमा कार्यरत सुधा मार्फत उक्त शिशुलाई बिक्री गरेको खुलेको छ । शिशु खरिद गर्ने राजवंशी दम्पती सुधाका नातेदार रहेको पाइएको छ ।

कर्णले पाँच लाख लिएर बेचेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । विवाह भएको एक दशक वितिसक्दा पनि दिमायाको छोरा –बुहारीको सन्तान नभएकोले शिशु खरिद गरेको उनले स्वीकार गरेको प्रहरीले जनाएको छ । असार १३ गते अविवाहित महिलाले ग्रिनक्रस हस्पिटलमा छोरीलाई जन्म दिएपछि नवजात शिशुलाई एनआइसियूमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो । डाक्टर कर्णको योजनामा नवजात शिशु किनेपछि राजवंशी दम्पतीले विराट नर्सिङ होममा थप उपचारको लागि लगेका थिए । विराटमा उपचारको क्रममा दुई लाख रुपैयाँ खर्च भएको दिलमायाले बताएकी छिन् ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ