२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिडको समयमा करारका स्वास्थ्यकर्मी राखिएको हो, अव राख्नै पर्छ भन्ने छैन:  उपकुलपति बस्नेत 

कोभिडको समयमा करारका स्वास्थ्यकर्मी राखिएको हो, अव राख्नै पर्छ भन्ने छैन:  उपकुलपति बस्नेत 


काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले दशैँको मुखमा लामो समय देखीको तलब पनि नदिई निकाले पछि चौतर्फी विरोध भइरहेको छ । कोभिड १९को महामारी र नयाँ सर्जिकल भवन सुरु भएपछि सेवा दिइरहेका २ सय २१ जना डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मीलाई प्रतिष्ठानले निष्कासन गरेको छ ।

अस्पतालको दरबन्दीभित्रै रहेका ती स्वास्थ्यकर्मीलाई अपर्झट निकालेसँगै वीर अस्पतालमा सेवा अवरुद्ध हुने अवस्था आएको छ । विशेष गरी आइसियु र आकस्मिक कक्षमा सेवा प्रवाहमा समस्या देखिएको अस्पतालका एक चिकित्सकले जानकारी दिए । त्यसै गरी अन्य विभागमा पनि असर गरेको छ ।

कोभिड १९ को महामारीमा खटेका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई दशैँ तिहारको मुखमा हटाएर तालुकदार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य तथा जनसंख्यामन्त्री र न्याम्सले सामान्य मानवता पनि देखाउन सकेनन् ।

न्याम्सका उपकुलपति प्रा.डा. भूपेन्द्र कुमार बस्नेतले कोभिडको समयमा करारमा भर्ना भएका कर्मचारीलाई राख्नै पर्ने बाध्यता नरहेको बताउँछन् । ‘करारका कर्मचारीलाई राख्नै पर्छ भन्ने छैन ।’ उनले भने–‘उनीहरूलाई कोरोना महामारीको समयमा ल्याइएको थियो । अब आउने कर्मचारीहरू लोकसेवाबाटै आउनुपर्छ ।’

एकैपटक २ सय २१ जना कर्मचारी हटाउने निर्णय न्याम्स कार्यकारी परिषद्को १५ असोजको निर्णयले गरेको थियो । उपकुलपतिको अध्यक्षतामा हुने सो बैठकको निर्णय पछि २१ असोजबाट उनीहरूलाई बिदा गरिएको सूचना २० असोजमा दिइएको थियो । तीन महिनादेखि तलब पनि नपाएका उनीहरूलाई पूर्व जानकारी विना हटाएपछि आन्दोलनमा छन् ।

न्याम्सका उपकुलपति समेत रहेका कार्यकारी परिषद्का अध्यक्ष प्रा.डा. बस्नेतले सरकारले तलब ख्वाउने बजेट नदिएका कारण हटाउनु परेको बताए । ‘कोभिडको समयमा स्वास्थ्य मन्त्रालयले दिएका बजेटबाट करार कन्टिन्यु हुने गर्थ्यो  । स्वास्थ्य मन्त्रालयबाट आउने कोभिडको बजेट अहिले आउँदैन, त्यसैले हामीले उनीहरूलाई कन्टिन्यु गर्न नसकेनौं ।’

उनले अस्पतालले आवश्यकताका आधारमा करारमा कर्मचारी राख्ने गरेको र अहिले अस्पतालले धेरै कर्मचारी धान्न सक्ने अवस्था नभएको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ