२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभूकम्पका कारण बझाङका आठ स्वास्थ्य संस्थामा पूर्ण क्षति

भूकम्पका कारण बझाङका आठ स्वास्थ्य संस्थामा पूर्ण क्षति


काठमाडौं– बझाङमा भूकम्पका कारण आठ वटा स्वास्थ्य संस्थामा पूर्ण क्षति भएको  छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै गत १६ गते जिल्लाको तलकोट गाउँपालिका आसपास केन्द्र बिन्दु बनाएर ६.३ म्याग्नेच्युटको भूकम्पका कारण आठ वटा स्वास्थ्य संस्थामा पूर्ण क्षति भएको  जनाएको हो ।

सोही दिनको भूकम्पले ३४ वटा स्वास्थ्य संस्थामा सामान्य क्षति पुर्‍याएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म स्वास्थ्य सेवा प्रवाहमा कुनै समस्या देखिएको छैन ।

उक्त भूकम्पमा परी जयपृथ्वी नगरपालिका ११ की स्वास्थ्य स्वयंसेविका ५२ वर्षीया गुनमती धामीको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ