२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभरतपुर क्यान्सर अस्पतालबाट अब मुटुरोग विशेषज्ञको पनि सेवा पाइने

भरतपुर क्यान्सर अस्पतालबाट अब मुटुरोग विशेषज्ञको पनि सेवा पाइने


काठमाडौं– वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अब मुटुरोग सम्बन्धी समस्याको पनि उपचार हुने भएको छ । अस्पतालले सोमबार एक सूचना जारी गर्दै आज (मङ्गलवार)बाट मुटुरोग विशेषज्ञको सेवा सुरु हुने जनाएको हो ।

यससँगै अब क्यान्सरको उपचार गर्न आउने बिरामीलाई मुटु सम्बन्धी समस्या देखिए अन्यत्र रिफर गर्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।

अस्पतालले मंगलबारदेखि यो सेवा सुरु गरेको छ । दिउँसो ४ः३० बजेदेखि ६ बजेसम्म मुटुरोग विशेषज्ञबाट कार्डियोलोजी र ईकोकार्डियोग्राम सम्बन्धी सेवा लिन सकिने अस्पतालका उपनिर्देशक डा.उमेश नेपालले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ