काठमाडौं– नेपाल औषधी उत्पादक संघ (एपोन)को अध्यक्षमा महेश प्रसाद प्रधान निर्वाचित भएका छन् । प्रधानले ३६ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भएका हुन् ।
शुक्रबार संघको २९ औं वार्षिक साधारणसभाबाट प्रधानका निकटतम प्रतिद्वन्द्वी विप्लव अधिकारीलाई १९ मतले पराजित गर्दै उनी अध्यक्ष बनका हुन् । यससँगै यसअघि संघको वरिष्ठ उपाध्यक्ष रहेका प्रधान आगामी कार्यकालका लागि अध्यक्षको जिम्मा लिने भएका हुन् ।
त्यस्तै सदस्यतर्फ दीपककुमार तिबडेवाल, सुमित चन्द्र श्रेष्ठ, ईश्वर कुमार भण्डारी, सजल राज रेग्मी, सुदर्शन खेगुली, गिरिराज पाठक (गणेश ), पृथ्वी राज भण्डारी (निजु), डा. पंकजकुमार तिवारी, शैलेस बै, सन्तोष बराल र प्रभात रुङ्गटाले सदस्य पदका उम्मेदवारी दिएका थिए ।
यीमध्ये पृथ्वी राज भण्डारी र सजल राज रेग्मी पराजित भएका छन् । शुक्रबार सम्पन्न मतदानमा ५३ जना प्रतिनिधिले मतदान गरेका थिए ।