२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसभामुख घिमिरेद्धारा स्वास्थ्य केन्द्र उद्घाटन

सभामुख घिमिरेद्धारा स्वास्थ्य केन्द्र उद्घाटन


दोलखा-दोलखाको विगु गाउँपालिका चिलंखामा नवनिर्मित सामुदायिक स्वास्थ्य केन्द्र भवन उद्घाटन गरिएको छ । ब्रेपाल ई.भि. जर्मनी र नेपाल हेल्पको आर्थिक तथा व्यवस्थापकीय सहयोगद्धारा नव निर्मित स्वास्थ्य केन्द्रको भवन आज एक समारोहबीच उद्घाटन गरिएको हो ।

नव निर्मित सामुदायिक स्वास्थ्य केन्द्रको भवन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र ब्रेपाल ई, भि. अध्यक्ष डाक्टर क्लाउस एकर्टद्धारा संयुक्त रुपमा उद्घाटन गरिएको थियो ।

भौगोलिक जटिलताका कारण समयमै सुविधाजनक अस्पतालमा उपचार गर्न नपाई कयौंको अकालमै ज्यान जाने भएकाले गाउँमानै सुविधासम्पन्न स्वास्थ्य केन्द्र निर्माण गरिएको आयोजकले बताएको छ ।

भवन उद्घाटन कार्यक्रम सामुदायिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका संयोजक प्रवीण खड्काको अध्यक्षता र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा प्रतिनिधि सभाका सांसद इश्वरी रिजाल, बागमती प्रदेश सभाका सांसद भरत बहादुर केसी र ठूला थामी, विगु गाउँपालिकाका अध्यक्ष सञ्जीव ओली र श्याम भेटवाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । भवन करिव तीन करोड लागतमा निर्माण गरिएको आयोजकले बताएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ