२०८१ वैशाख २, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य बिमा बाेर्डकाे निमित्त कार्यकारी निर्देशकमा डा. मदन नियुक्त

स्वास्थ्य बिमा बाेर्डकाे निमित्त कार्यकारी निर्देशकमा डा. मदन नियुक्त


काठमाडौं—स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. मदन उपाध्याय नियुक्त भएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयको गुणस्तर मापन महाशाखाका प्रमुख समेत रहेका डा. उपाध्यायलाई थप जिम्मेवारी दिएका हुन् ।

सरकारले २४ असोजमा बोर्डका कार्कारी निर्देशक डा. दामोदर बसौलालाई निलम्वन गरेपछि उपाध्यायलाई थप जिम्मेवारी दिइएको हो ।

बोर्डको अध्यक्ष ८ महिनादेखि रिक्त रहेको छ । रिक्त बोर्डको अध्यक्षको जिम्मेवारी पनि डा. उपाध्यायले नै गर्दै आएका छन् ।

डा. उपाध्याय यसअघि पनि बोर्डको निमित्त कार्यकारी निर्देशक भइसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ