२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य बिमा बोर्डका पाँच सदस्यले दिए सामूहिक राजीनामा

स्वास्थ्य बिमा बोर्डका पाँच सदस्यले दिए सामूहिक राजीनामा

सरकार र स्वास्थ्यमन्त्री स्वास्थ्य बिमा सक्न लागेको आरोप


काठमाडौं—स्वास्थ्य बिमा बोर्डबाट ५ जना सदस्यले सामूहिक राजीनामा दिएका छन् । मंगलबार उनीहरुले बोर्डको कार्यालयमार्फत स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई राजीनामा दिएका छन् ।

राजीनामा दिनेहरुमा बोर्डका मनोनित सदस्यहरु डा. सुरेश तिवारी, डा. तारा साह, चन्द्र थापा, टीका चापागाई भट्टराई र इन्द्रकला राई रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेत र सरकार बिमालाई सक्न लागी परेको आरोप लगाएका उनीहरुले लगाएका छन् ।

मन्त्री बस्नेतले यसअघि स्वास्थ्य बिमा ऐन विपरित बोर्डका कार्यकारी प्रमुख डा. दामोदर बसौलालाई स्पस्टीकरण सोधेका थिए । सो स्पष्टीकरण सोधेको १५ दिनपछि मन्त्रिपरिषदले बसौलालाई तीन महिनाका लागि निलम्बन गर्दै एक हप्ताभित्र स्पष्टीकरण पेश गर्न भनेको छ ।

बोर्ड ८ महिनादेखि अध्यक्षबिहिन छ । ५ जना सदस्यले सामूहिक राजीनामा  दिएपछि बोर्डमा निमित्त कार्यकारी निर्देशक र अर्थ मन्त्रालयका प्रतिनिधि गरी दुईजना मात्र सदस्य छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ