२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारछातीमा असहज अनुभव भएपछि प्रधानमन्त्री नर्भिक अस्पताल भर्ना

छातीमा असहज अनुभव भएपछि प्रधानमन्त्री नर्भिक अस्पताल भर्ना


काठमाडौं-छातीमा असहज अनुभव भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल अस्पताल भर्ना भएका छन् । मंगलबार साँझ असहज अनुभव गरेपछि प्रधानमन्त्री दाहाललाई नर्भिक अस्पताल भर्ना गरिएको क्याबिनेट चिकित्सक डा. युवराज शर्माले जानकारी दिए ।

अस्पताल पुर्याइएलगतै दाहालको चिकित्सकहरुले इसिजी गरेका थिए । इसिजी रिपोर्ट माइल्ड खालको आएपछि प्रधानमन्त्रीको एन्जिओग्राफी गर्ने तयारी गरिएको छ ।

‘चिकित्सकहरुले प्रधानमन्त्रीको एन्जीओग्राफी गर्ने तयारी गरेका छन्,’ डा. शर्माले भने । एन्जीओग्राफीमार्फत मुटुका भल्बहरुको अवस्था हेर्ने चिकित्सकको तयारी छ ।

अहिले प्रधानमन्त्रीको उपचारमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. यादवदेव भट्टसहितको नर्भिकका चिकित्सकहरुको टिम संलग्न रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ