२०८१ भदौ २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम १७ र १८ कात्तिकमा, २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम १७ र १८ कात्तिकमा, २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम १७ र १८ कात्तिकमा संचालन गर्ने भएको छ । हरेक वर्ष राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम संचालन गरिने २ र ३ कात्तिकमा वडादशैं पर्न गएपछि उक्त कार्यतालिका परिवर्तन गरिएको हो ।

सरकारले अब १७ र १८ कात्तिकमा ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए खुवाउनेछ । यसैगरी, १ वर्षदेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई भिटामिन जुकाको औषधी खुवाइने राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रले जनाएको छ ।

परिवार कल्याण महाशाखाकाअनुसार भिटामिन ‘ए’ करिब २७ लाख बालबालिकालाई खुवाइने तयारी छ । यसैगरी, जुकाको औषधी करिब २४ लाख बालबालिकालाई खुवाइने महाशाखाले जनाएको छ ।

बालबालिकामा हुने स्वास्थ्य जोखिम र कुपोषणलाई न्यूनीकरण गर्नका लागि सरकारले वि.सं. २०५० सालदेखि भिटामिन ‘ए’ कार्यक्रमलाई राष्ट्रिय अभियानकै रुपमा संचालन गरिरहेको छ । जुकाको औषधी भने वि.सं. २०५६ सालदेखि खुवाउन थालिएको हो ।

प्रत्येक वर्ष दुई चरणमा खुवाइने भिटामिन ‘ए र जुकाको औषधी पहिलो चरणमा बैशाखमा र दोस्रो चरणमा कात्तिकमा खुवाउने गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ