२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फ्रयाक्सन’

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फ्रयाक्सन’


काठमाडौं—चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फ्रयाक्स’ भएको छ । बिहीबार श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी दिदैं पेकिङ युनियन मेडिकल कलेज अस्पतालले उक्त जानकारी दिएको हो ।

‘एक्युट मायोकार्डियल इन्फ्रयाक्स’(मुटुको मासु अक्सिजन नपुगेर मर्न थालिसकेको अवस्था) हो । यो हर्ट अट्याककै अवस्था हो,’ कार्डियोभास्कुलर सर्जन डा. सन्जीतकुमार शाहले भने ।

अस्पतालकाअनुसार गृहमन्त्री श्रेष्ठ २ घण्टाजति छातीमा असहज महसुस भएपछि बिहीबार विहानै पेकिङ युनियन मेडिकल कलेज अस्पतालको इमर्जेन्सीमा भर्ना भएका थिए । त्यसपछि अस्पतालको क्याथ ल्याबमा उनको कोरनरी एन्जीयोग्राम गर्दा उनको लेफ्ट कोरनरी आर्टरीको अगाडिको शाखामा एकदमै नराम्रो ब्लकेज पाइएको थियो ।

अस्पतालकाअनुसार अहिले ब्लकेज भएको बायाँ धमनीमा स्टेन राखिएको छ । अहिले श्रेष्ठ अस्पतालको आईसीयुमा चिकित्सकहरुको निगरानीमा छन् । अस्पतालले उनको अवस्था स्थिर रहेको र अन्य भाइटल्ससमेत सामान्य भएको जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ