२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारन्याम्समा सभा सदस्यमा अमुदा श्रेष्ठ र पदमबहादुर गिरी मनोनित

न्याम्समा सभा सदस्यमा अमुदा श्रेष्ठ र पदमबहादुर गिरी मनोनित


काठमाडौं—चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा दुई जना सभा सदस्य मनोनित भएका छन् । २ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले न्याम्स सभामा दुई सदस्य मनोनयन गरेको हो ।

सूचना, संचार तथा प्रविधीमन्त्री रेखा शर्माकाअनुसार अमुदा श्रेष्ठ र पदमबहादुर गिरीलाई मन्त्रिपरिषद्ले न्याम्सको सभा सदस्यमा मनोनयन गरेको हो । उनीहरुलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ को दफा ७ को उपदफा (२) को (ध) बमोजिम नियुक्त गरिएको हो ।

लब्ध प्रतिष्ठित विज्ञान तथा समाजसेवीहरु मध्येबाट महिला समेत प्रतिनिधित्व हुने गरी क्याबिनेटले श्रेष्ठ र गिरीको मनोनयन गरेको हो । उनीहरुको कार्यकाल तीन वर्षको हुनेछ ।

न्याम्स स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य विज्ञान प्रतिष्ठान हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ