२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. ओजस्वीले जितिन ‘मिसेस नेपाल कल्चर-२०२३’ को ताज

डा. ओजस्वीले जितिन ‘मिसेस नेपाल कल्चर-२०२३’ को ताज


काठमाडौं—डा. ओजस्वी शेरचन्दले ‘मिसेस नेपाल कल्चर-२०२३’ को ताज जितेकी छन् । बिहीबार जमलस्थित राष्ट्रिय नाचघरका आयोजित फिनालेमा उनले ३६ प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिसेस कल्चर नेपाल-२०२३’ को ताज उचालेकी हुन् ।

शीर्ष उपाधिसँगै उनले पब्लिक च्वाइस एवार्ड पनि हात पारिन् । नयाँ मिसेस नेपाल कल्चर घोषित भएकी डा. ओजस्वीलाई प्रतियोगिताकी ब्रान्ड एम्बास्डर रुबी राणाले ताज पहिर्‍याएकी थिइन्।

काठमाडौंकी ३९ वर्षीया डा. ओजस्वीले प्रतियोगिताको उपाधि जितेपछि आफूलाई गौरव र खुसी दुवै लागेको बताइन् । ‘उपाधि जितेपछि मलाई गौरव र खुसी दुवै लागेको छ,’ उनले हेल्थआवाजसँगको संक्षिप्त टेलिफोन कुराकानीमा भनिन्, ‘जित्नुभन्दा पनि यो टाइटललाई न्याय गर्नुपर्ने ठूलो जिम्मेवारी छ ।’ उनले आफूले सामाजिक सेवा र स्वास्थ्य सचेतनाका क्षेत्रमा काम गर्ने योजना बनाएको सुनाइन् ।

वौद्धिकतासँगै महिला समुदायकै लागि केही फरक गर्न चाहना भएकाले आफू प्रतियोगितामा सहभागी भएको उनको भनाइ थियो । ‘मलाई नयाँ—नयाँ सम्भावनाहरु एक्स्पोलर गर्न मन लाग्छ,’  डा. ओजस्वीले भनिन्, ‘वौद्धिकमात्रै नभएर महिला इम्पावरको क्षेत्रमा केही गर्न मन लागेर प्रतियोगितामा भाग लिएकी हुँ ।’

उनले मिसेस कल्चर नेपाल अन्य सौन्दर्य प्रतियोगिताभन्दा भिन्न भएको बताइन् । ‘अन्य सौन्दर्य प्रतियोगिताजस्तो महिलालाई उमेर, विवाहजस्ता कुराहरुले यो प्रतियोगितामा भाग लिन बाट रोक्दैन्,’ उनले भनिन्, ‘केही गर्न चाहने, आफ्नो फरक सम्भावना उजागर गर्न चाहने महिलाहरुका लागि पनि यो राम्रो प्लेटफर्म हो ।’

‘मिसेस नेपाल कल्चर—२०२३’ विजेता डा. ओजस्वीको स्कुलिङ कालिङपोङको सेन्ट जोसेफ कन्भेन्टबाट भएको हो । प्लस टुको अध्ययन भने उनले युनिभर्सल कलेज काठमाडौंबाट पूरा गरिन् । सन् २००८ मा नेपाल मेडिकल कलेज अत्तरखेलबाट एमबीबीएस सकेकी डा. ओजस्वीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट सन् २०१४ मा बायोकेमेष्ट्रीमा विशेषज्ञता हासिल गरेकी हुन् ।

डा. ओजस्वी अहिले नेपाल मेडिकल कलेजमा बायोकेमेष्ट्रीको एशोसियट प्रोफेसरका रुपमा कार्यरत छन् ।

यसअघि विभिन्न प्रतियोगिता जितिसकेकी उनले सन् २०१५ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को मिड करिअर साइन्टीष्टको उपाधि पनि जितेकी थिइन् । त्यसबाहेक वौद्धिक प्रतिस्पर्धाहरुमा पनि उनले दरिलो उपस्थिती जनाउँदैं आएकी छन् ।

यस्तै, प्रतियोगिताको फस्ट रनर अपको उपाधि डा. अंकिता ठाकुर जितिन् । उनले फस्ट रनरअपसँगै डाइनामिक विधाको अवार्ड पनि हात पारिन् । यस्तै, सुष्मा बस्नेतले सेकेन्ड रनर अप उपाधि जितिन् भने थर्ड रनर अप श्रेया ढुंगाना भइन् । फोर्थ रनर अपको उपाधि जितेकी नीरा तामाङले इन्टिलेक्चुयलको उपाधि पनि हात पारिन् ।

प्रतियोगिताका लागि ३ सय ७८ जनाले आवेदन दिएका थिए । जसबाट ५० जना प्रतियोगिताको अघिल्लो चरणका लागि छानिएका थिए भने त्यसबाट उत्कृष्ट ३६ जनालाई अन्तिम चरणमा प्रतिस्पर्धा गराइएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ