२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअस्पतालका आकस्मिक सेवा र एम्बुलेन्स तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

अस्पतालका आकस्मिक सेवा र एम्बुलेन्स तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गर्दै सार्वजनिक बिदाका दिनमा पनि अस्पतालका आकस्मिक सेवा र एम्बुलेन्स तयारीका अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।

शुक्रबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदाका दिनमा आकस्मिक स्वास्थ्य सेवाका लागि चिकित्सकीय समूह (इएमटी), आधारभूत आकस्मिक मेडिकल प्राविधिक (बिइएमटी), एम्बुलेन्स आदि तयारी अवस्थामा राख्न सरोकारवालाहरुलाई निर्देशन दिएको हो ।

‘सार्वजनिक विदाका दिनमा पनि अस्पतालहरुमा आकस्मिक स्वास्थ्य सेवा उपलब्धताको सुनिश्चितताका साथै आकस्मिक चिकित्सकीय समूह (ईएमटी), आधारभूत आकस्मिक मेडिकल प्राविधिक (बीईएमटी), एम्बुलेन्स आदि तयारी अवस्थामा राख्नुहुन तथा राख्न लगाउनुहुन यसै विज्ञप्तीमार्फत सम्बन्धित सरोकारवाला निकायहरुमा अनुरोध गर्दछौं,’ मन्त्रालयको विज्ञप्तीमा छ ।

त्यस्तै, चाडपर्वका बेलामा हुने असन्तुलित खानपान तथा जीवनशैलीका कारण स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले सेतो मासु, फलफूल, र रेसादार खानेकुराहरू सेवनमा जोड दिन मन्त्रालयले आग्रह गरेको छ ।
स्वास्थ्य सेवा सम्बन्धी जानकारी आवश्यक भएमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको हटलाइन नम्बरहरू ‘१११५’ र ‘११३३’ मा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ ।

क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ