२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारह्याम्स हस्पिटल आईपीओ ल्याउँदैं, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ह्याम्स हस्पिटल आईपीओ ल्याउँदैं, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल


काठमाडौं—धुम्बाराहीस्थित ‘हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल)’ ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । २६ असोजको ह्याम्सको साधारणसभाले ११ लाख २५ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्ने निर्णय गरेको अस्पताल अध्यक्ष रामशरण भण्डारीले जानकारी दिए ।

उनकाअनुसार कम्पनी पब्लिक लिमिटेडमा गएपछि आयोजना गरिएको पहिलो साधारणसभाले सर्वसाधारणका लागि जारी पुँजीको १५ प्रतिशत सेयर जारी गर्ने निर्णय गरेको हो । बाँकी ८५ प्रतिशत सेयर स्वामित्व भने संस्थापक समूहको हुनेछ ।

अस्पतालले सेयर निष्काशनका लागि ब्रिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । भण्डारीकाअनुसार साधारणसभाले आफ्ना सेयरधनीहरूलाई १७.३८ प्रतिशत बोनस सेयर र ०.६७ प्रतिशत नगद लाभांश वितरण निर्णयसमेत गरेको छ । त्यस पश्चात कम्पनीको कुल पुँजी ६३ करोड ७५ लाख रुपैयाँ हुनेछ ।

साधारणसभाले ५ सदस्यीय सञ्चालक समिति गठन गरेको छ । जसमा संस्थापक सेयरधनीको तर्फबाट रामशरण भण्डारी, प्रा.डा.गीता जोशी सायमी, दलबहादुर भण्डारी र प्रेमबहादुर भण्डारी रहेका छन् । यस्तै, स्वतन्त्र सञ्चालकमा टंकमणि शर्मा दंगाल छन् । पूर्व महालेखा परीक्षकसमेत रहेका शर्मा स्वास्थ्य र प्रशासकीय क्षेत्रका अनुभवी मानिन्छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ