२०८१ साउन २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर डेङ्गीको प्रकोप बढ्दै गर्दा हुम्ला अहिलेसम्म अछुतो, सबैभन्दा बढी सुनसरी प्रभावित

देशभर डेङ्गीको प्रकोप बढ्दै गर्दा हुम्ला अहिलेसम्म अछुतो, सबैभन्दा बढी सुनसरी प्रभावित


काठमाडौं– विगत एक वर्षयता देशभर डेङ्गीको प्रकोप बढ्दै गएको छ । अधिकांश जिल्लाहरूमा ठुलो सङ्ख्यामा डेङ्गी सङ्क्रमितको सङ्ख्या तीव्र रूपले बढिरहेको छ । देशभरका ७६ जिल्लामा डेङ्गी संक्रमण फैलिरहँदा कर्णाली प्रदेशको हुम्ला जिल्ला भने अछुतो रहेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)काअनुसार दश महिनामा मुलुकभर डेङ्गी सङ्क्रमितको सङ्ख्या ४२ हजार नाघेको छ, भने देशभरबाट २० जनाले डेङ्गी संक्रमणका कारण ज्यान गुमाएका छन् । यस अवधिमा हुम्लामा सङ्क्रमितको सङ्ख्या शून्य रहेको महाशाखाको तथ्याङ्कले देखाएको छ ।

सात प्रदेशको तुलनामा कर्णाली प्रदेशमा  डेङ्गीको प्रकोप कम देखिएको छ । उक्त प्रदेशमा हालसम्म ०.४ प्रतिशत अर्थात् १५१ जना सङ्क्रमित भएका छन् । जसमध्ये जाजरकोटमा ४७, रुकुमपूर्वक ४०, सुर्खेत १९, डोल्पा १७, दैलेख १४, सल्यान ८, मुगु २ , जुम्ला २ र कालिकोटमा २ जना सङ्क्रमित भएका छन् ।

महाशाखाका अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी ५७.१ प्रतिशत अर्थात् २४ हजार १४६ जना सङ्क्रमित भएका छन् । त्यस्तै गण्डकीमा २३.६ प्रतिशत आर्थात ९ हजार ९७०, बागमतीमा १२.६ प्रतिशत अर्थात् ५ हजार ३२१, सुदूरपश्चिममा ३.१ प्रतिशत अर्थात् १ हजार ३०२ लुम्बिनीमा १.८ प्रतिशत अर्थात् ७७६ जना र मधेशमा १.४ अर्थात् ६०४ जना सङ्क्रमित भएका छन् ।

डेङ्गीबाट सबैभन्दा बढी प्रभावित १० जिल्ला

सुनसरी जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । महाशाखाका अनुसार यस जिल्लामा हालसम्म ३८.१ प्रतिशत अर्थात् १६ हजार १०५ जना सङ्क्रमित भएका छन् ।

त्यस लगत्तै तनहुँमा ६ हजार ११६, झापामा ३ हजार ६७६, धादिङमा ३ हजार १९३, मोरङमा २ हजार २९०, कास्कीमा २ हजार २७०, काठमाडौंमा ९९१, गोरखामा ६६२, कैलालीमा ६४० र धनकुटामा ६०४ जना सङ्क्रमित रहेको महाशाखाले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ