२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडब्लूएचओ सेरोको निर्देशकमा बंगलादेशकी साइमा वाजेद निर्वाचित

डब्लूएचओ सेरोको निर्देशकमा बंगलादेशकी साइमा वाजेद निर्वाचित


काठमाडौं— विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिण पूर्वी एसिया (सेरो)को निर्देशकमा बंगलादेशकी साइमा वाजेद निर्वाचित भएकी छन् । बुधबार भारतको राजधानी नयाँदिल्लीमा आयोजित बैठकबाट नयाँ क्षेत्रीय निर्देशकमा वाजेद चयन भएकी हुन् ।

नयाँ क्षेत्रीय निर्देशकका लागि नेपालबाट जनस्वास्थ्यविद् डा. शम्भु आचार्यले उम्मेदवारी दिएका थिए । आचार्यलाई  १० मध्ये ८ भोटले पछि पार्दै वाजेद निर्देशकमा चयन भएकी हुन् ।

डब्लुएचओ सेरोमा नेपाल, भारत, भुटान, बङ्गलादेश, श्रीलङ्का, मालदिभ्स, उत्तर कोरिया, इन्डोनेसिया, श्रीलङ्का, थाइल्यान्ड र म्यानमार गरी ११ सदस्य राष्ट्र छन् । यस क्षेत्रका ११ सदस्य देशमध्ये म्यानमार बाहेक १० वटा देशले मतदान गरेका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ