२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारधनगढीका निजी अस्पतालहरुमा १० प्रतिशत निःशुल्क बेड छुट्याउन अटेरी

धनगढीका निजी अस्पतालहरुमा १० प्रतिशत निःशुल्क बेड छुट्याउन अटेरी


काठमाडौं– कैलालीको धनगढीका निजी अस्पतालहरूले मापदण्ड अनुसार सेवा प्रवाह नगरेको पाइएको छ । धनगढीमा रहेका १२ वटा अस्पतालहरूले बिरामीलाई १० प्रतिशत शैय्या निःशुल्क छुट्याउनु पर्ने कानुन कार्यान्वयनमा अटेर गरेका हुन् ।

बुधवार उपमहानगरपालिकाले पत्र जारी गर्दे स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ तथा अन्य प्रचलित कानुनमा भएका सम्पूर्ण व्यवस्थाहरूको अविलम्ब कार्यान्वयन गर्न गराउन आग्रह गरेको छ । अब पनि अटेरी गरे कानुन बमोजिम कारबाही गरिने समेत महानगरपालिकाले जनाएको छ ।

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ अनुसार विपन्न, असहाय र बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत शैय्या निःशुल्क व्यवस्था गरिएको छ । तर धनगढीका माया मेट्रो, नवजीवन, कैलाली अस्पताल, स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी, ओम आशा, सारथि, निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टर, केजी अस्पताल, सौभाग्य अस्पताललाई पटक पटक ताकेता गर्दा पनि व्यवस्था कार्यान्वयन गर्न अटेरी गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले  बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ