२०८१ साउन ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइदैं

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइदैं


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई आज शुक्रबार र भोलि शनिबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदैंछ । सरकारले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउदैंछ ।

यसैगरी, १ वर्षदेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई जुकाको औषधी खुवाइने राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रले जनाएको छ । हरेक वर्ष राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम संचालन गर्ने समय २ र ३ कात्तिकमा वडादशैं पर्न गएपछि उक्त कार्यतालिका परिवर्तन गरेर १७ र १८ कात्तिकमा खुवाउन लागेको हो ।

परिवार कल्याण महाशाखाकाअनुसार भिटामिन ‘ए’ करिब २७ लाख बालबालिकालाई खुवाइने तयारी छ । यसैगरी, जुकाको औषधी करिब २४ लाख बालबालिकालाई खुवाइने महाशाखाले जनाएको छ ।

बालबालिकामा हुने स्वास्थ्य जोखिम र कुपोषणलाई न्यूनीकरण गर्नका लागि सरकारले वि.सं. २०५० सालदेखि भिटामिन ‘ए’ कार्यक्रमलाई राष्ट्रिय अभियानकै रुपमा संचालन गरिरहेको छ ।

जुकाको औषधी भने वि.सं. २०५६ सालदेखि खुवाउन थालिएको हो । प्रत्येक वर्ष दुई चरणमा खुवाइने भिटामिन ‘ए’ र जुकाको औषधी पहिलो चरणमा बैशाखमा र दोस्रो चरणमा कात्तिकमा खुवाउने गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ