२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविराट हेल्थ कलेजकी छात्रामाथि बलात्कारको अभियोगमा कराँतेका दुई प्रशिक्षक दोषी ठहर

विराट हेल्थ कलेजकी छात्रामाथि बलात्कारको अभियोगमा कराँतेका दुई प्रशिक्षक दोषी ठहर


काठमाडौं– कराँतेका दुई प्रशिक्षक सामूहिक बलात्कारमा दोषी ठहर भएका छन् । बुधबार जिल्ला अदालत मोरङले कराँतेका प्रशिक्षकहरु विराटनगरका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई दोषी ठहर गरेको हो ।

जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो ।

सजाय निर्धारणको समय आगामी कात्तिक २२ गतेलाई तोकिएको छ । जबरजस्ती करणी मुद्दा चलाइएका दुवै जनालाई यसअघि अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि कारागार चलान गरिएको थियो ।

वि.सं. २०७९ जेठमा सुनसरीको इटहरी घर भइ विराट हेल्थ कलेजमा अध्ययन गर्ने छात्रालाई उनीहरुले एक होटलमा लगेर सामूहिक बलात्कार गरेका थिए । विराटनगरको एक होटलमा सामूहिक बलात्कार गरेको भन्दै पीडित छात्राले उजुरी दिएपछि उनीहरु २०७९ साउन ८ गते पक्राउ परेका थिए।

सुवेदी र राउत राष्ट्रिय खेलकुद परिषद् (राखेप) का स्थायी प्रशिक्षक समेत हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ